Tag Archives: #covid19

२४ घण्टामा २ हजार ४ सय ४४ जनामा काेराेना सङ्क्रमण, ३ हजार ८ सय ५३ जना निकाे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार चार सय ४४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय नौ जना र चार हजार नौ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय ३५ जना गरी दुई हजार चार सय ४४ जनामा

दमकमा स्वाव संकलन गरिएका १४० मध्ये ६० जनामा देखियो कोरोना

दमक/ झापाको दमकमा बिहिबार कोरोना परिक्षणका लागि पठाइएका मध्ये ४२.५० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाले निशुल्क परिक्षणका लागि पठाइएका नमुनामध्ये सो प्रतिशत सर्वसाधारणमा संक्रमण पुष्टि भएको हो । नगरपालिकाको स्वास्थ्य शाखाले कूल १४० जनाको स्वाव संकलन गरेर धरानस्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो । प्रतिष्ठानबाट आज शुक्रबार भर्खरै प्राप्त रिपोर्ट

थप ३ हजार सात सय ५० जनामा कोरोना पुष्टि, ५ हजार २ सय २५ संक्रमित निको भए

नेपालमा शुक्रबार थप ३ हजार सात सय ५० जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ५ सय ९८ पिसिआर परिक्षणका क्रममा २ हजार ७ सय ९ र ५ हजार ५ सय ८४ एन्टीजेन परिक्षणका क्रममा एक हजार ४१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको

विदेश जाने यात्रुले यी ठाउँमा गर्न सक्छन् पीसीआर परीक्षण

काठमाण्डौ – तपाईँ विदेश यात्रा गर्दै हुनुहुन्छ ? अहिले यात्रा गर्न अत्यावश्यक मध्येको एक हो पीसीआर नेगेटिभ रिपोर्ट । बिना पीसीआर नेगेटिभ रिपोर्ट नेपालबाट पनि यात्रा गर्न पाइँदैन भने गन्तव्य देशहरूले पनि यो कोरोना महामारीको समयमा पीसीआर रिपोर्ट अनिवार्य गरेका छन् । रोजगारीका लागि या अन्य विभिन्न उद्देश्यले विदेश हिँडेका कतिपय यात्रु पीसीआर रिपोर्टकै कारण

थप ५ हजार २ सय ९३ संक्रमित निको भए भने ३ हजार ७ सय ४९ जनामा कोरोना पुष्टि

नेपालमा बिहीबार थप ३ हजार ७ सय ४९ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ९ सय १ पिसिआर परिक्षणका क्रममा २ हजार ८ सय ७४ र ५३३७ एन्टीजेन परिक्षणका क्रममा ८७५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा हालसम्म पिसिआर परिक्षणका क्रममा ६ लाख १ हजार

भारतमा एकै दिन ६१ सयभन्दा बढी संक्रमितको मृत्यु

काठमाडौं– भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमण पछिल्ला दिनमा ओरालो लाग्न थालेको छ। दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमण ओरालो लागे पनि एकैदिन अहिलेसम्मकै धेरै ६ हजार १३८ संक्रमितको मृत्यु भएको छ। दैनिक संक्रमितको संख्यामा एक लाखभन्दा कममा झरेको भारतमा मृत्युदर भने अस्वाभाविकरूपमा बढेको हो। पछिल्लो २४ घण्टाभित्र त्यहाँ ९३ हजार ८९६

भारतमा निजी अस्पताललाई कोरोनाविरुद्धको खोप दिन अनुमति, खोपको मूल्य निर्धारण

काठमाण्डाै – भारतमा निजी अस्पताललाई तोकिएको शुल्क लिएर कोरोनाभाइरसविरुद्धको खोप लगाउने अनुमति दिइएको छ । यो सँगै अब तोकिएको शुल्क लिएर निजी अस्पतालले कोरोनाविरुद्धका कोभिशिल्ड, कोभ्याक्सिन तथा स्पुतनिक खोप लगाउन पाउने भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले तोकेको खोप अनुसार शुल्कसमेत निर्धारण गरेको छ । निजी कोभिशिल्ड खोपको ७ सय ८०, कोभ्याक्सिनको

फेरी भारतमा कोरोनाको नयाँ भेरियन्ट भेटियो, डेल्टा भेरियन्टजस्तै खतरनाक

भारतमा कोरोना नियन्त्रणमा आउनै लागेको आशाबीच पुनः एक डरलाग्दो खबर आएको छ । पुणेको नेशनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआइभी) ले कोरोनाभाइरसको जिनोम सिक्वेन्सिङमा नयाँ भेरियन्ट पत्ता लगाएको छ । टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार यो भेरियन्ट बेलायत र ब्राजिलबाट भारतमा आएका व्यक्तिहरुमा पाइएको हो । इन्स्टिच्युटले यसलाई B.1.1.28.2 नाम दिएको छ । यो भारतमा पाइएको

भारतमा दुई महिनापछि दैनिक कोरोना सङ्क्रमण हुने सङ्ख्या एक लाखभन्दा तल

काठमाण्डाै – भारतमा दुई महिनापछि दैनिक कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक लाखभन्दा तल झरेको छ । गएको अप्रिल ६ तारिखमा ९६ हजार नौ सय ८२ जनामा कोरोना पुष्टि भएकोमा त्यसयता दैनिक एक लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको थियो । ६३ दिनपछि पछिल्लो २४ घण्टामा ८६ हजार चार सय ९८ जनामा सङ्क्रमण पुष्टि भएको

थप ८ हजार ६६३ जना निको, थप ६६५३ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ९७ हजार