Tag Archives: #covid19

कोरोना संक्रमणका विषयमा कोरियाको सीडीसीबाट आयो आशालाग्दो खबर

निको भएपछि पनि कोरोनाभाइरसको पोजिटिभ पाइएकाहरू संक्रामक नहुने एक नयाँ अध्ययनले देखाएको छ । कोरियाको सरुवा रोग नियन्त्रण तथा रोकथाम महाशाखा (सीडीसी) ले कोरोनाबाट निको भएर पुनः देखिएकाहरू संक्रामक नरहेको फेला पारेको हो । रोगीहरूको सम्पर्कमा आएका ७९० जनालाई रोग नसरेको पाइएको छ । यसले गर्दा कुनै कुनै क्षेत्रमा लकडाउन खोल्नु सुरक्षित हुने संकेत पाइएको

झापाको कन्काई नगरपालिका जेठ २० गतेसम्म बन्द

कनकाई । झापामा कोरोना संक्रमित बढन थालेपछि कनकाई नगरपालिकाका बजारहरु जेठ २० गतेसम्म पुर्ण रुपमा बन्द गरिने भएको छ । नगरपालिकामा बुधबार विभिन्न संघसंस्थाका प्रतिनिधि , राजनीति दलसहित भएको सर्वपक्षीय भेलाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन कनकाई नगर क्षेत्रका बजार पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण फैलन सक्ने

थप २५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ ।

कोरोना पुष्टि भएको २३ घण्टापछि आइसोलेसनमा

नवीन रिजाल दैलेख । कोरोना सङ्क्रमण पुष्टि भएको २३ घण्टापछि कोरोना सङ्क्रमित युवाको उपचार शुरु भएको छ । कर्णाली प्रदेशका पहिलो सङ्क्रमित युवाको उपचारमा भने अन्योलता देखिएपछि २३ घण्टापछि उनलाई दैलेखको आइसोलेशनमा ल्याइएको छ । सुर्खेत लैजाने वा दैलेखको आइसोलेशनमा राख्ने भन्ने विषयमा केही समय अन्योलता उत्पन्न भएको थियो । सङ्क्रमितको अहिलेको स्वास्थ्य अवस्था समान्य

झापामा १ जना सहित गरेर थप १८ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या ३७५ पुग्याे

नेपालमा साेमबार साँझ थप १८ जनामा काेराेना पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके नरैनापुरका ११२ र धनुषाका २ पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे हाे। त्यस्तै, खाेटांगकाे हलेसी, दैलेखकाे आठबिस, सुनसरी र झापाका १/१ जनामा पुरुषमा पनि काेराेना संक्रमण देखिएकाे छ। उनीहरुकाे स्वाबकाे परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,भेरी

दमकका ६३ वर्षीय वृद्धले कोरोना जितेर आज घर फर्किए

प्रदेश १ मा थप १ जना कोरोना जितेर घर फर्किएका छन् । कोशी अस्पताल अन्तर्गतको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत झापा दमक-३ का ६२ वर्षीय देउमान मङ्ग्राती कोरोना जितेर घर फर्किएका हुन् । अस्पताल भर्ना भएको २५ दिनपछि उनलाई आज डिस्चार्ज गरिएको हो । पछिल्लो पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कोशी अस्पताल

एउटै गाउँपालिकामा ५६ जना कोराना सङ्क्रमित

राँझा । एक जना सङ्क्रमितको ज्यान गएसँगै बाँकेको नरैनापुर गाउँपालिका कोरोनाको केन्द्रविन्दु बन्न पुगेको छ । आज फेला परेका ४७ जनासहित नरैनापुरमा मात्रै सङ्क्रमित ५६ पुगेका छन् । यसअघि नै नरैनापुरमा एकजनाको ज्यान जानेगरी नौ जनामा सङ्क्रमण देखिएको थियो । यससँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या आजसम्म ८१ पुगेको छ । यसअघि नेपालगञ्ज उपमहानगरपालिका वडा नं

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ४

काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ४ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३०४ पुगेको हो । सोमबार संक्रमण पुष्टि भएकाहरुमा रौतहटका ८ जना र बाराका एक जना रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।