क्वालालमपुर । मलेसियामा बिहीबार नयाँ राजाका रुपमा सुल्तान अब्दुल्लाह अहमद शाह निर्वाचित भएका छन् । संवैधानिक राष्ट्रप्रमुखका रुपमा निर्वाचित सुल्तान मलेसियाको १६ औं राजा भएको अधिकारीहरूले जनाएका छन् ।

राज्यद्वारा सञ्चालित समाचार संस्था बेर्नामाले जनाएअनुसार यही जनवरी ३१ तारिखका दिन उनले पद वहाली गर्नेछन् । यसअघिका राजा सुल्तान मुहम्मद पाँचौले यही जनवरी ६ मा राजिनामाको घोषणा गरेपछि नयाँ राजा चयन गरिएको हो ।

मुस्लिम–बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले तोकिएको समयावअधि नसकिँदै राजिनामा दिने उनी पहिलो राजा हुन् । उनले राजिनामा दिनु पर्नाको कारण अहिले सम्म स्पष्ट पारिएको छैन । तर उनले रुसी पूर्व सुन्दरीसँग विवाह गरेकाले राजिनामा दिएको बताइएको छ।

राजिनामाको घोषणा गर्नुअघि ४९ बर्षीय १५औं राजा सुल्तानले केही सातादेखि विदा लिएका थिए। उनले गत नोभेम्बरमा औषधि उपचारका लागि भन्दै लामो विदा लिएका थिए।

नोभेम्बरमा नै उनले मस्कोमा २५ बर्षीया ओक्साना भोयभोडिना नामकि रुसि सुन्दरी सँग विवाह गरेको बताइएको छ । रसियन मिडियाका अनुसार यो ती सुन्दरी गर्भवति छन् र अब चाँडै बच्चा पाउँदैछिन् ।

राजा सुल्तानले सन् २०१६ डिसेम्बरमा राजगद्दी सम्हालेका थिए । मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने अनौठो प्रचलन छ । त्यही परम्परा अनुसार ५९ बर्षिय अब्दुल्लाह पहाङ राज्यबाट नयाँ राजा निर्वाचित भएका थिए ।

मलेसियामा नयाँ राजा कसरी चुनिन्छ ?
सन् १९५७ मा नौ सुल्तानहरूको आदेशमा याङ् दि(पर्तुआन् आगोङ्‌को कार्यालयमा स्थापना भयो। त्यही आदेशानुसार नयाँ राजा छान्न राजसभाको बैठक बस्छ।

प्राय पालो कुरेर बसेका अर्को राज्यका सुल्तानलाई चक्रीय प्रणाली अनुसरण गर्दै राजा छानिन्छ। अहिले राजा हुने पालो पहाङ राज्यका सुल्तानको थियो।

जेनुअरी १५ मा मात्रै पदभार ग्रहण गरेका हुनाले राजा निर्वाचित हुन उनले पर्याप्त मत नपाउलान् कि भन्ने संशय भएको यसअघि एक कानुनविद्लाई उद्धृत गर्दै सरकारी समाचारसंस्था बर्नामाले जनाएको थियो।

राजा छान्न सबै सुल्तानहरूलाई राजा हुने पालो भएको राज्यका सुल्तानको नाम लेखिएको मतपत्र दिइन्छ। अनि उनीहरूले नै गोप्य मतदानबाट ती सुल्तान राजा हुन उपयुक्त छैन कि छैनन् भनेर निर्णय गर्छन्।

राजा निर्वाचित हुन नौमध्ये पाँच मत आउनुपर्छ। बहुमत पुगेन भने त्यसपछि पालो भएको राज्यका सुल्तानको नाममा यही प्रक्रियाबाट मतदान गरिन्छ।

गोप्यता कायम राख्न मतपत्रमा कुनै सङ्ख्या उल्लेख गरिएको हुँदैन र सबैलाई उही मसी भएको कलम दिइएको हुन्छ।

 

राजासँग के अधिकार हुन्छ ?
मलेशियामा संसद्‌ र प्रधानमन्त्री शक्तिशाली हुन्छन्। राजतन्त्र भने आलङ्कारिक छ।

त्यहाँको प्रशासनमा राजाको कुनै भूमिका हुँदैन। तर प्रधानमन्त्रीलगायत महत्त्वपूर्ण पदमा हुने नियुक्ति राजाबाट हुन्छ।

राजा मलेशियामा इस्लामधर्मका प्रमुख र सशस्त्र सुरक्षा निकायहरूका पदेन प्रमुख हुन्छन्। राजासँग अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिलाई क्षमादान गर्ने अधिकार पनि हुन्छ।

राजा सुल्तान मोहम्मद पञ्चमले त्यही अधिकार प्रयोग गरेर भूतपूर्व विपक्षी नेता अन्वर इब्राहिमलाई क्षमादान दिएका थिए। गत वर्ष भएको निर्वाचनमा अन्वरको दल सम्मिलित गठबन्धन विजयी भएको थियो।

उनलाई अप्राकृतिक यौनसम्बन्ध र उत्पीडनको आरोपमा दोषी ठहर्‍याइएको थियो। तर धेरैले उनीविरुद्धको मुद्दा राजनीतिक रूपमा अभिप्रेरित भएको मानेका थिए।

मलेशियामा राजाको भूमिकालाई सम्मानित मानिन्छ। बहुसङ्ख्यक मुसलमानहरूले राजाले मलेशिया र इस्लाम धर्मको परम्परालाई एकताबद्ध राखेको विश्वास गर्छन्। राजाको मानहानि हुनेगरी आलोचना गरे जेल सजाय पनि हुन सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah