घरमा श्रीमानसँग झगडा परेपछि घर बाहिर रोकिराखेको मिनी बसमा सुत्न गएकी एक महिलामाथि उनको पतिले गरेको व्यवहार निकै रोचक रहेको छ । रातीको समयमा श्रीमनसँग झगडा भएपछि घर छोडेर बसमा सुत्न गएकी ५१ वर्षिय महिला रातको समयमा केही आवाज आएजस्तो लागेपछि बिउँझिइन् । निन्द्राको समयमा आवाज सुन्दा मुसाको होकी भनेर उठेर हेर्दा उनी छक्क परिन् ।
यो घटना अस्ट्रेलियाको क्वीन्सल्याण्डमा बस्ने पेपिटा रिजवेको हो । दिनदिनै पतिसँग झगडा गर्नुपर्ने भएको कारण आजित भएकी उनी पति देखि टाढा गएर बस्न चाहेकोलो रातको समयमा गाडीमा गएर सुतिन् ।
रातमा उनको पतिले गाडीमा गएर पनि सुत्न समेत दिएनन् । राती उनी सुतेको ठाउँमा गएर ग्यारेजबाट ग्यासको पाइप जोडेर गाडी भित्र छोडिदिएका थिए ।उनी सुतेको गाडीमा तीव्र गतिमा पाइपबाट ग्यास निस्किरहेको थियो ।
पाइपको पिछा गर्दै गएकी उनी ग्यारेजसम्म पुगिन् । त्यो अवस्था देख्दा उनी चकित भइन् । ग्यारेजमा पुगेर हेर्दा पाइप एक नाइट्रोजन सिलिन्डरसँग जोडिएको थियो । जबकी उनका पतिले उनलाई ग्यास प्रयोग गरेर ज्यान लिने सोच बनाएका थिए । यस्तोे देखेपछि उनले तुरुन्तै प्रहरीलाई खबर गरिन् ।
महिलाको जानकारी अनुसार घटनास्थल पुगेको प्रहरीले अनुसन्धानको क्रममा पतिको मोबाइल कम्युटर जाँच गरे । यसरी प्रहरीको जाँच अनुमान साचो भएपछि पत्नीको हत्या गर्ने तरिका गुगलमा खोजेको पत्ता लगाएका थिए ।



