प्रकाश योगी/ पछिल्लो समय मा नेपाली लोक दोहरी क्षेत्र मा अंग प्रर्दशन र उछिंङखल गीत ले नेपाली लोक सास्कृतिक झझल्को दिन छोडी रहेका बेला यो मन यति रोला मर्मस्पर्सी लोक गित बजार मा सार्बजनिक भएको छ ।गोपाल जि एम र तुलसी घर्ती को आवाज मा रहेको गित मा शब्द लेखन सुमन राज पौडेल को रहेको छ भने लय सृजना गायक जि एम कै रहेको छ ।सुरेश श्रेष्ठ को छयाङकन भागिरथ गाहा को निर्देशन मा रहेको गित मा सबिन गौतम र अन्जली अधिकारी को अभिनय हेर्न सकिन्छ ।नवीन घर्ती मगर को सम्पादन मा रहेको गीत लाई एड्भेन्चर फिल्मस प्रा .ली ले बजार मा ल्याएको हो ।



