७ असोज, काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ शुक्रबारदेखि खुल्ला भएको छ ।

टिकट काट्ने तथा यात्रा गर्ने यात्रुहरुको सहायताका लागि यातायात व्यवस्था विभागले उपत्यकाका विभिन्न १२ स्थानहरुमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

साथै विभागले सरकारले तोकेको भाडादर भन्दा बढी नतिर्न समेत यात्रुलाई आग्रह गरेको छ । यदि टिकटमा ठगिए वा समस्या परेको नागरिक सहायता केन्द्रमा खवर गर्न आग्रह गरेको छ ।

साथै व्यवसायीलाई पनि बढी भाडा असुल नगर्न निर्देशन भएको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए । महानगरीय ट्राफिक प्रहरी महाशाखाको अगुवाइमा सातदोबाटो, कोटेश्वर, गौशाला, जोरपाटी, नयाँ बसपार्क, स्वयम्भू, कलंकी, नागढुंगा, बल्खु, पुरानो बसपार्क र सुन्धारामा नागरिक सहायता कक्षा स्थापना गरिएको छ ।

सहायता कक्षमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, जनपथ प्रहरी, यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिहरु छन् । सर्वसाधारण जनताको समस्या सुन्न र समाधान गर्नका लागि यस्तो हेल्प डेक्स सञ्चालन गरिएको महानिर्देशक श्रेष्ठले जानकारी दिए ।

सहायता कक्षका प्रतिनिधिले सर्वसाधारण यात्रीहरुलाई सुरक्षा दिने, तोकिएको भाडादर भन्दा बढी लिए नलिएको हेर्ने, काउन्टरहरुमा भाडा दरको रेटबोर्ड टाँस्न लगाउने, फर्जी टिकट काट्नेमाथि निगरानी राख्ने, यात्रुका समस्याहरु सुन्ने तथा समाधान गर्ने लगायतका काम गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय