काठमाडौं : युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्धको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपाललाई तेस्रो सफलता हात पारेको छ। युएइका सीपी रिज्वान रन आउट भएका छन् । नेपालका लागि वसन्त रेग्मीले २२ रनमा रिज्वानलाई आउट गराए।
दुबईस्थित आइसिसी एकेडेमी ओभलमा भइरहेको खेलमा यसअघि युएइका घुलाम शब्बे रन आउट भएका छन्। नेपालका लागि सोमपाल कामीले विकट लिए।
यसअघि पहिलो बलमै नेपालका लेग स्पिनर सन्दीप लामिछाने लिएका थिए। उनले वसन्त रेग्मीबाट युएइका सस्फाक अहमदलाई क्याच आउट गराएका थिए। नेपालले टसर जितेर फिल्डिङ रोजेको छ। तीन विकेटको क्षतिमा युएइले ११ ओभरमा ७४ रन बनाइर खेलिरहेको छ।



