काठमाडौँ । राशीले व्यक्तिको जीवनमा निकै प्रभाव पार्ने गर्छ । महिला र पुरुषको राशी अनुसार फरक फरक स्वभाव र व्यक्तित्व हुने गर्छ । ज्योतिषहरुले राशी अनुसार नै व्यक्तिको भविष्य बारे बताउने गर्छन् । ज्योतिष शास्त्रले छुट्याएको १२ राशीहरुले नै व्यक्तिको भविष्य निर्धारण गर्ने गर्छ । त्यसैले आज हामी तपाईलाई तीन राशी भएका महिलाहरुको बारेमा बताउन गइरहेका छौँ ।जो राशीकै कारण आकर्षक हुने गर्छन् ।
वृष राशि : यो राशी भएका महिलाहरु निकै आकर्षक हुने गर्छन् । पुरुषहरु यो राशी भएका युवतीहरुसँगको पहिलो भेटमा नै आकर्षित हुन्छन् । वृष राशी भएका युवतीहरु मेहनती हुने गर्छन् । त्यसकारण आफुले रोजेको क्षेत्रमा सहजै लक्ष्य प्राप्त गर्छन् । उनीहरुको बोल्ने स्वभावले सबैलाई लोभ्याउँछ । यो राशी भएका महिलाहरुमा कला र सौन्दर्यता उत्तिकै हुने गर्छ । सोही कारण उनीहरुमा सफलता मिल्ने गर्छ । यो राशी भएका महिलाहरुमा आरोह अबरोहहरु थुप्रै रहेका हुन्छ ।
मिथुन राशि : यो राशी भएका महिलाहरु झट्ट हेर्दा आकर्षक र सुन्दर देखिन्छन् । उनीहरुमा पुरुषहरुलाई छिट्टै आकर्षित गर्छन् । उनीहरुको महिला साथी भन्दा धेरै पुरुष साथीहरु रहेका हुन्छन् । बहुमुखी प्रतिभाको धनी भएको यो राशीका महिलाहरु अरुको मनको कुरा छिट्टै बुझ्छन् । चलाखीपूर्ण स्वभावका उनीहरु सम्बन्धित ठाउमा छिट्टै दिमाग लगाउँछन् । त्यसकारण यी महिलाहरुले पत्रकार, लेखक तथा योजनाकारको रुपमा पहिचान बनाउन सफल हुन्छन् ।
वृश्चिक राशि : आकर्षक बानीबेहोरा र चञ्चल स्वभावका महिलाहरु यो राशीमा पर्ने गर्छन् । यो राशी भएका महिलामा अरुको मनको कुरा बुझ्न सक्ने क्षमता रहेको हुन्छ । विशेष शैलीमा कुरा गर्न सक्ने क्षमता भएका महिलाहरु छिट्टै भावुक हुने गर्छन् । तीक्ष्ण दिमाग भएका यो राशीका युवतीहरुले अरुलाई राम्रो सल्लाह दिन्छन् ।महत्वकांक्षी र जिद्दी भएको कारण आफ्नो जीम्मेवारीप्रति विश्वासी हुन्छन् ।



