भारत । प्रयोगकर्ताले गुगलसँग विवाहको प्रस्ताव राख्दा गुगल असिस्टेन्टले गज्जबको जवाफ पठाएको छ । मानिसले तिमी मसँग विवाह गर्छौ भन्ने प्रश्न सोध्दा गुगल असिस्टेन्टले फरक फरक जवाफ दिएको छ ।

पहिलो जवाफमा ‘म तपाईंको सधैँ सहयोगी भइरहने बाचा गर्छु’ भनेको छ भने दोस्रोपटक विवाहबारेमा सोध्दा, ‘म पहिले नै तपाईंसँग सहयोगीको सम्बन्धमा छु,’ भनेको छ । त्यसैगरी, तेस्रोपटक सोही प्रश्न सोध्दा भने उनको जवाफ अलग्गै आएको छ ।

तेस्रोपटकको जवाफमा गुगल असिस्टेन्टले भन्यो, ‘अखिर मेरो सपना पूरा भयो, म तपाईंको सहायक बन्नेबारेमा धेरै पहिलेदेखि नै सोचिरहेको थिएँ ।’

 

 

जनता समाचार बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय