आजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल माघ २० गते,आइतबार,इश्वी सन् २०१९ फेब्रुवरी ३ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३९ पोहेलागा,माघ कृष्णपक्ष,तिथि– चतुर्दशी, २३:३६ बजेउप्रान्त औंसी,नक्षत्र– उत्तराषाढा, २६:५६ बजेउप्रान्त श्रवण,योग– वज्र, ७:५३ बजेउप्रान्त सिद्धि,करण– भद्रा, १०:४० बजेदेखि शकुनि, २३:३६ बजेउप्रान्त चतुष्पद,आनन्दादिमा अमृत योग,चन्द्रराशि– धनु, ७:११ बजेउप्रान्त मकर,सूर्योदय– ६:५२ बजे, सूर्यास्त– १७:४४ बजे र दिनमान २७ घडी १२ पला। लैचह्रे पूजा।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल माघ २१ गते,सोमबार,इश्वी सन् २०१९ फेब्रुवरी ४ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,शिशिर ऋतु,नेपाल संवत् ११३९ पोहेलागा,माघ कृष्णपक्ष,तिथि– औंसी, २५:३९ बजेउप्रान्त प्रतिपदा,नक्षत्र– श्रवण, २९:२७ बजेउप्रान्त धनिष्ठा,योग– सिद्धि, ८:११ बजेउप्रान्त व्यतीपात,करण– चतुष्पद, १२:३६ बजेदेखि नाग, २५:३९ बजेउप्रान्त किंस्तुघ्न,आनन्दादिमा सिद्धि योग,चन्द्रराशि– मकर, सूर्योदय– ६:५१ बजे, सूर्यास्त– १७:४५ बजे र दिनमान २७ घडी १५ पला।व्रत/पर्व – दर्शश्राद्ध, सोमवारे औंसी,हलाे बार्ने, निशि बार्ने अाैंसी, अार्यघाटमा माधवनारायण मेला,द्वापरयुगादि,नवलपरासीमा त्रिवेणी मेला।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सुरुमा काम बन्नुका साथै प्रशस्तै आम्दानी हात पर्नेछ,अधुरा कामहरू बन्नेछन्,सचेत रहनुहोस्,सभा सम्मेलनमा सहभागि हुने अवसर मिल्नेछ,बिचार गरेर गर्द पनि अरुसँग नरामरो हुने योग छ,आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ,अनुभवले ज्ञानको दायरा बढ्नेछ,आजको शुभ अंक १२ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ,पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ,विश्वास गुम्ने सम्भावना छ,कम्जोर अनुभूति हुनेछ,गोप्य रहस्य पत्ता लगाउन सफल भइने छ,कुनै पनि काम गर्दा घर सल्लाह गर्दा राम्रो छ,शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ,आजको शुभ अंक ९ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
कामको बोझ थपिनेछ,धार्मिक क्रियाकलापमा बाधा हुनेछ, साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्,स्थितिमा सुधार आउनाले धेरै काम बन्नेछन्,व्यवसायमूलक भ्रमण गर्ने समय छ, पारिवारिक जमघटमा मन रमाउनेछ,बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,आजको शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अभिभावकसँग संयमतापूर्वक व्यवहार गर्नुहोला,फसिने डरले सताउन सक्छ,झगडा पनि हुनसक्छ,पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ,चौपाया दोपायाबाट आंशिक फैदा हुनेछ,नयाँ काम र जिम्मेवारी मिल्नेछ,काममा विलम्ब र खर्च बढ्ने योग छ,लगानी बढाउँदा व्यवसायबाट लाभ मिल्न सक्छ, आजको शुभ अंक ८ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
झुटा आरोप लाग्नुका साथै परिबन्धले अनावश्यक झमेला थपिदिन सक्छ,वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ, नयाँ काममा हात हाल्ने समय आएको छ,राजनीति र नोकरीमा लाग्नेहरूलाई फाइदा हुनेछ,आजको शुभ अंक १ रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ,श्रमको प्रतिफल कमैमात्र हातलागी हुनेछ,बलजफ्ती गर्दा थप समस्या आउन सक्छन्,सामान्य काम र उद्देश्यविहीन भ्रमणमा बढी समय बित्न सक्छ, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला,पेटको गडबडीले सताउन सक्छ,आजको शुभ अंक ५ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
स्वास्थ्यमा देखिने कमजोरीले काममा समेत बाधा पुर्याउनेछ, धैर्यले काम लिन सकिनेछ,लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ,सचेत रहनुहोला,द्योग–धन्दामा विशेष सफलता पाइनेछ,स्वास्थ्य कमजोर देखिए पनि इच्छाशक्ति बढ्नाले चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ,आजको शुभ अंक १० रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
सचेत रहनुहोस,विभिन्न अवसर प्राप्त हुनेछन्,पारिवारिक आवश्यकता पूरा गर्न सकिनेछ,परिस्थितिको बन्धनमा परिने समय छ,हिम्मतले काम लिनेहरूलाई भने फाइदै हुनेछ, काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ,प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम हातपार्ने समय छ,आजको शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
गोपनीयतामा ध्यान दिनुहोला,प्रयत्न गर्दा विदेश यात्राको अवसर समेत जुट्न सक्छ, बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ,पहिलेका सहयोगी भने प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन्,टाढिएका साथीभाइ नजिकिनाले सुखदुःखमा साथ पाइनेछ,आजको शुभ अंक ६ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अर्कैका हातमा जानेछ,घरेलु समस्या देखापर्न सक्छन्,आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ,आफन्तबीच अविश्वास बढ्ला,सचेत रहनुहोला,गोप्य रहस्य पत्ता लाग्नेछ,प्रशस्त धनलाभ हुनेछ, भेटघाटमा पनि अलमलिनुपर्ला,आजको शुभ अंक ११ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला, लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ,केही चुनौती देखिए पनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ,धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ,आजको शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मान–सम्मान पनि पाइनेछ, गाँस्नेहरूले सताउन सक्छ,सुरुमा अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,प्रयत्न गर्दा प्रतिस्पर्धीहरूलाई हराउन सकिनेछ,मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ,आँटेका काम समयमा पूरा गर्न नसकिएला,लगानीको राम्रो प्रतिफल उठाउन सकिएला,आजको शुभ अंक ८ रहेको छ।

दिब्य ज्योतिष बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah