वि.सं. २०७५ साल माघ २४ गते,बिहीबार, इश्वी सन् २०१९ फेब्रुवरी ७ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३९ सिल्लाथ्व,माघ शुक्लपक्ष, तिथि– तृतीया, ३१:४९ बजेउप्रान्त तृतीया,नक्षत्र– शतभिषा, १०:३७ बजेउप्रान्त पूर्वभाद्रपदा,योग– परिघ, ९:४२ बजेउप्रान्त शिव,करण– तैतिल, १८:५४ बजेदेखि गर, रातभरि बजेउप्रान्त गर, आनन्दादिमा वज्र योग,चन्द्रराशि– कुम्भ, ३०:२३ बजेउप्रान्त मीन, सूर्योदय– ६:४९ बजे, सूर्यास्त– १७:४८ बजे र दिनमान २७ घडी २६ पला। पञ्चक।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल माघ २५ गते,शुक्रबार,इश्वी सन् २०१९ फेब्रुवरी ८ तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर, उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३९ सिल्लाथ्व,माघ शुक्लपक्ष, तिथि– तृतीया, ७:४९ बजेउप्रान्त चतुर्थी,नक्षत्र– पूर्वभाद्रपदा, १२:५५ बजेउप्रान्त उत्तरभाद्रपदा,योग– शिव, १०:०० बजेउप्रान्त सिद्ध, करण– गर, ७:४९ बजेदेखि वणिज, २०:३८ बजेउप्रान्त भद्रा,आनन्दादिमा ध्वांक्ष योग,चन्द्रराशि– मीन, सूर्योदय– ६:४९ बजे, सूर्यास्त– १७:४८ बजे र दिनमान २७ घडी २९ पला। पञ्चक। तिलकुन्द चतुर्थी।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पढाइमा सफलता मिल्ने,सन्तानहरुबाट सहयोग पाउने,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,गाँस्नेहरूले सताउन सक्छ,सुरुमा बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ,आजको शुभ अंक ९ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्,बलजफ्ती गर्दा थप समस्या आउन सक्छन्,सामान्य काम र उद्देश्यविहीन भ्रमणमा बढी समय बित्न सक्छ,बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,सचेत रहनुहोस,निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अर्कैका हातमा जानेछ,आजको शुभ अंक ६ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
घरेलु समस्याले घरै छोड्ने स्थिति आउन सक्छ,स्वास्थ्य कमजोर देखिए पनि लक्ष्य प्राप्त गर्न सकिनेछ,स्वास्थ्य कमजोर देखिए पनि इच्छाशक्ति बढ्नाले चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ,जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन्,भौतिक साधनहरू जुटाउन सकिनेछ,आजको शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
माता,पिता र सन्तानसँगको मतभेद अरु बढ्नेछ,सचेत रहनुहोस, विभिन्न अवसर प्राप्त हुनेछन्,पारिवारिक आवश्यकता पूरा गर्न सकिनेछ,परिस्थितिको बन्धनमा परिने समय छ,गोपनीयतामा ध्यान दिनुहोला,नोकरी तथा राजनीतिमा बुद्धिको उपयोग गरे लक्ष्यअनुसार अघि बढ्न सकिनेछ,आजको शुभ अंक १० रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अधुराकाम पुरा हुनुकोसाथै नयाँकाम पाउने योगछ,व्यापारमा प्रगति हुनेछ,प्रेम सफलरूपमा अघिबढ्नेछ,गोपनीयतामा ध्यान दिनुहोला,सुखदुःखमा साथ पाइनेछ,समस्याहरू धेरै आउनेछन्, कान कमजोर भएकोले विनाकारण शंका उपशंका आफन्तहरुसँग बढ्नेछ,मानसिक तनाव उच्च विन्दुमा पुग्ने,आजको शुभ अंक ५ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला,राजनीतिमा पाएको सुविधा गुमाउनु पर्ला, रोगबाट छुटकारा मिल्नेछ,लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ, पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफलहुनुहोला,काम सामान्य भए पनि राम्रो आम्दानी हुनेछ,आजको शुभ अंक १ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
विश्वासमा धोका हुने भएकाले गोपनीयतामा जोड दिनुहोला, बुझेरमात्र काम गर्नुहोला,विनादोष कारवाहीमा पर्ने सम्भावाना छ,पति–पत्नीमा राम्रो सम्वन्ध नहुने भएकाले मन उदास रहनेछ, उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला, कर्म योगका थप बाटाहरू खुल्नेछन्,आजको शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
अभिभावकसँग संयमतापूर्वक व्यवहार गर्नुहोला,फसिने डरले सताउन सक्छ,झगडा पनि हुनसक्छ,कर्मसिद्धिको समय छ, स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ, केही अनियन्त्रित खर्च पनि हुनेछ,पढाइमा अरु प्रगति हुनेछ, जोश र जाँगर बढ्नेछ,आजको शुभ अंक ११ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
पढाइलेखाइ र व्यवसायमा उन्नति,धनलाभ हुनेछ, अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,मान–सम्मान पनि पाइनेछ,खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,व्यापारमा संकट आउने, यात्रामा अवरोध हुने,आजको शुभ अंक १२ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सुरुमा काम बन्नुका साथै प्रशस्तै आम्दानी हात पर्नेछ,अधुरा कामहरू बन्नेछन्,सचेत रहनुहोस्,अनुभवले ज्ञानको दायरा बढ्नेछ,सहयोगी र दाजुभाइहरुबाट समेत धोका हुन सक्ने भएकोले गोपनीयतामा जोडदिनुहोला,नोकारीमा समस्या आउनेछ, स्थानान्तरण हुने,राज्यबाट सम्मान हुने,आजको शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अरुसँग गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,विश्वास गुम्ने सम्भावना छ,सचेत रहनुहोला,कामको बोझ थपिनेछ, धार्मिक क्रियाकलापमा बाधा हुनेछ,साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्,व्यापारमा अवरोध आउने,यात्रामा समस्या आउने, धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ,आजको शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
घरेलु समस्या देखापर्न सक्छन्,आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ,आफन्तबीच अविश्वास बढ्ला,सचेत रहनुहोला,सानो कामका लागि लामो यात्रा गर्नुपर्ला,पति–पत्नीबीच विवाद प्रशस्तबढ्नेछ,घरेलु समस्याले सताउने,मित्र र आफन्त हरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ,आजको शुभ अंक ८ रहेको छ।
दिब्य ज्योतिस बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah