काठमाडौँ । सामान्य तया बोलीचालीको भाषामा भन्ने गरिन्छ ‘एक दिनको निन्द्राले सात दिन पिरोल्छ ।’ यो भनाइ विल्कुलै सही हो । एक दिन राम्रो निन्द्रा परेन भने हरेक समस्याहरु सामना गर्नुपर्ने हुन्छ ।साधारणतया मानिसहरु कम्तिमा आठ घण्टा सुत्नुपर्ने चिकित्सकहरुको भनाइ छ ।
अझ भन्ने हो भने पुरुषलाई भन्दा महिलालाई बढी सुत्नुपर्ने हुन्छ । महिलाहरु राती अबेरसम्म घरधन्दामा व्यस्त हुन्छन् र राती पनि ढिलो सुत्नुपर्ने हुन्छ । बिहान पनि ४ छ बजे नै उठेर चुलोचौका गर्न आतुर हुन्छन् । पर्याप्त मात्रामा निन्द्रा नपुग्दा महिलाहरुको शरिरमा एक किसिमको दुष्प्रभाव पैदा हुन्छ । किन महिलाहरुले पुरुषको तुलनामा बढी समय सुत्नुपर्छ भन्ने विषयमा विज्ञहरु के भन्छन् त ।
१.विज्ञहरुको अनुसार महिलाहरुले धेरै मस्तिष्कको प्रयोग गर्नुपर्ने हुन्छ । थोरै समय काम गर्नुपर्ने भएपनि धेरै काम गर्नेपर्ने भएकाले दिमागलाई ताजा र चलायमान राख्न उनीहरुले पुरुषको तुलनामा बढी सुत्नुपर्ने हुन्छ ।
२.कामको चापले गर्दा समयमा नै सुत्न नपाउने भएकाले छिट्टै निन्द्रामा पर्न पाउँदैनन् । त्यसकारण निन्द्रा पुरा गर्नको लागि भएपनि लामो समय सुत्नुपर्छ ।
३. मासिक धर्म बन्द हुँदा महिलाहरु धेरै बेचैन हुने गर्छन् । जसले गर्दा समयम नै सुत्न पाउँदैनन् । त्यसकारण निन्द्राको कमी हुन नदिन धेरै समय सुत्न दिनुपर्छ ।
४.गर्भअवस्थामा महिलाहरुमा शारिरिक मानसिक बदलाव हुने गर्छ । त्यो भन्दा धेरै सुत्केरी अवस्थामा यस्तो समस्या बढी देखिन्छ । बढी पिसाब लाग्नु अत्याधिक पिसाब लाग्नु खुट्टा ऐठन हुने हुँदा रातमा राम्रोसँग सुत्न पाउँदैनन् ।
५.महिनावारीको समयमा पेट दुख्ने, ऐठान हुने, वाकवाकी लाग्ने, मुड खराब हुने, अत्तालिने, घरीघरी भोक लाग्ने भएकाले राती सुत्ने बेलामा समस्या हुने गर्छ ।
निन्द्रा कसरी पुरा गर्ने ?
१. सुत्ने टाइम टेबल बनाने । आफुले बनाएको रुटिनलाई छुट्टीको बेलामा पनि प्रयोग गर्ने ।
२.सुत्नु अगाडी तातोपानीले नुहाउने र तातो दूध पिउने गर्नाले गहिरो निन्द्रा ल्याउन मद्दत गर्छ ।
३.सुत्ने कोठा धेरै उज्यालो नहोस् भन्नको लागि विशेष सावधानी अपनाउने ।
४.उच्च गुणस्तरको ओछ्यान प्रयोग गर्ने ।
५.राती सुत्नु अगाडी कफी नपिउने ।



