उत्तम रिजाल,झापा। झापाको दमकमा सम्पन्न गोल्ड स्टार तेश्रो दमक रनको उपाधि कान्छीमाया कोजु र तिर्थ पुनले जितेका छन् ।
निर्धारीत १५ किलोमिटरको दुरी ५६ मिनेट ०२ सेकेण्डमा पार गर्दै शसस्त्र प्रहरी बलकी कान्छीमाया कोजुले महिला तर्फको उपाधि जितेकी हुन् । उनले दोश्रो भएकी धरान रनकी निक्की नेम्बाङ्गलाई १२ मिनेट पछि पार्दै उपाधि जितिन । निक्कीले सो दुरी १ घण्टा ८ मिनेट ३९ सेकेण्डमा पार गर्दा तेश्रो भएकी सेनाको त्रिभूवन आर्मी क्लबकी सुमित्रा क्षेत्रीले १ घण्टा १० मिनेट ४० सेकेण्डमा दुरी पार गरेकी थिइन् । प्रथम भएकी कोजुले नगद ४० हजार प्राप्त गरिन् । त्यस्तै दोश्रो भएकी नेम्बाङ्गले २५ हजार र तेश्रो भएकी सेनाकी सुमित्रा क्षेत्रीले १५ हजार हात पारे ।
त्यस्तै पुरुषतर्फ उपाधि जितेका बाग्लुङ्गका तिर्थ पुनले निर्धारीत १५ किलोमिटरको दुरी ४६ मिनेट ०१ सेकेण्डमा पार गरे । उनी भारतीय सेनामा कार्यरत छन् । नेपाली सेनाको त्रिभूवन आर्मी क्लबका मिलन कार्की दोश्रो भए । उनले सो दुरी ४६ मिनेट ३४ सेकेण्डमा पार गरे । त्यस्तै तेश्रो भएका त्रिभूवन आर्मीकै टिका कट्वालले ४६ मिनेट ४० सेकेण्डमा दुरी पार गरेका थिए । प्रथम भएका पुनले नगद ५० हजार हात पार्दा दोश्रो भएका कार्कीले ३० तथा तेश्रो भएका कट्वालले २५ हजार प्राप्त गरे ।

त्यस्तै १३ देखी १६ बर्ष उमेर समूहको पुरुषतर्फको उपाधि किरण लिम्बुले हात पार्दा सागर श्रेष्ठ दोश्रो र पुजन राई तेश्रो भए । सोहि उमेर समूहको महिलातर्फ चन्द्रकला श्रेष्ठ प्रथम, मनिषा राई दोश्रो र आचल मुर्मु तेश्रो भए । उनीहरुले क्रमशः १५ हजार, १० हजार र ५ हजार हात पारे । त्यस्तै १५ किलोमिटरकै भेट्रानको पुरुषतर्फको उपाधि धर्म महर्जनले हात पार्दा निर्मल राई दोश्रो र महेन्द्र बज्रचार्य तेश्रो भए । महर्जनले सो दुरी ५१ मिनेट १६ सेकेण्डमा पार गरेका थिए भने दोश्रो भएका राईले ५९ मिनेट ०२ सेकेण्ड तथा तेश्रो भएका बज्रचार्यले १ घण्टामा सो दुरी पार गरेका थिए । महिलातर्फ भने धरान रनकी रिता राई मात्र एक्लो विजेता बनिन् । उनले सो दुरी १ घण्टा ३० मिनेट १५ सेकेण्डमा पार गरेकी थिइन् ।

उता ७ देखी १२ बर्ष सम्मको उमेर समूहको ५ किलोमिटर दौडमा पुरुष तर्फको उपाधि रोदन राइले हात पार्दा युवराज लिम्बु दोश्रो र समीर लिम्बु तेश्रो भए । त्यस्तै महिलातर्फ सन्ध्या तामाङ्ग प्रथम, लक्ष्मी भुजेल दोश्रो र अलिशा राजवंशी तेश्रो भए । उनीहरुले क्रमशः ७ हजार, ५ हजार र ३ हजार हात पारे । विजेता सबैलाई कार्यक्रमका प्रमूख अतिथि प्रदेश १ का प्रदेश सभा सदस्य अर्जुन राई, विशिष्ठ अतिथि गीतकार बुद्धवीर लामा, विशिष्ठ अतिथि प्रसिद्ध धाबक बैकुण्ठ मानन्धर, आयोजक दमक रनका अध्यक्ष दिवस राई, अतिथिहरु इन्द्र बहादुर गुरुङ्ग, नविन श्रेष्ठ, ममता भण्डारी, विनोद अधिकारी लगायतले नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । रनमा एक हजार ८७ जनाको सहभागिता रहेको थियो ।



