काठमाण्डौँ । हामीले प्रयोग गर्ने मोवाइल लगायत यस्तै इलेक्ट्रोनिक बस्तुमा यति धेरै किम्ति धातु हुन्छन् जो खानीबाट झिक्नभन्दा पनि बढी सहज हुन्छ । कुनै खानीबाट एक ४ ग्राम सुन निकाल्न त्यसमा टासिएको १ टन माटोढुङ्खाबाट छान्नु पर्दछ । त्यसैगरी पुराना मोवाइल , ल्यापटप ,टेबलेटलाई राम्रोसंग छान्ने हो भने ३५० ग्राम सुन निकाल्न सकिन्छ ।
यहि इलेक्ट्रीक सामानमा रहेको सुन चाँदी झिकेर जापानले २०२० मा हुने ओलम्पिककालागि ५००० मेडल बनाउदै छ । यसरी दुनियाँको प्रतिष्ठित खेलमा यस्तो प्रकारले मिहिनेतबाट बनेका मेडल दिइने छ । यसकालागि जापानले आफ्ना जनताहरूसंग यस्तै इलेक्ट्रिक ग्याजेट जो थोत्रा भएका छन् दान गर्न अनुरोध गरेको छ । जापानले अघिल्लो बर्ष अप्रिलबाट यो काम शुरू गरेर अहिले सम्म साढे १६ किलो सुन १८०० किलो चाँदी जम्मा पारीसकेको छ । कास्य पदकका लागि चाहिने २७०० किलो कासको कोटा त धेरै अगाडी जम्मा भै सकेको छ ।
संयुक्त राष्ट्र संघले २०१६ मा विश्वमा साढे चार करोड टन कचरा जम्मा भएको बताएको थियो । २०२१ तक यस्तो फोहर ५.२ करोड टन हुने अनुमान छ । जापानले यस्तो कचरालाई समाप्त पार्ने नयाँ तरिका पनि सुझाएको सरोकार वालाको भनाई छ ।
इलेक्ट्रीक फोहरले हाम्रो कृषियोग्य जमिन तथा पानीलाई बिशाक्त बनाइरहेको छ । त्यसैले जापानले २०२० लाई दान दिएको फोहरबाट मेडल बनाई स्मरण योग्य बनाउँदै छ भने , अर्को तर्फ त्यो इलेक्ट्रिक फोहरहरू जापानी नागरिकलेमात्र दान गर्न पाउने नियम बनाएको छ । ओलम्पिकको स्वर्णपदककालागि कम से कम ६ ग्राम सुनको प्रयोग हुन्छ । जापानले माथि उल्लेखित धातु जम्मा पार्न अहिलेमात्र ३ प्रतिशत इलेक्ट्रिक फोहरमात्र रिसाइकल गरेको छ ।



