म्यारील्याण्ड विश्वविद्यालयका शोधकर्ताहरूले शरीरको तापक्रम नियन्त्रित गर्न सक्ने गजबको कपडा आविष्कार गरेका छन् । साधारण कपडा जस्तै देखिने यस कपडालाई ‘नानोट्युब’ प्रविधिका माध्यमले निर्माण गरिएको बताइन्छ ।

यसलाई निर्माण गर्ने शोधकर्ताहरूका अनुसार यस कपडाको आविष्कारपछि जाडो र गर्मीका लागि अलग अलग कपडा किन्ने आवश्यकता रहने छैन । यो कपडा शरीरको तापक्रमको हिसाबले तातो या चिसो हुने बताइएको छ । यसमा रहेको नानोट्युबहरू गर्मी भएको बेला खुम्चिने र जाडोकोबेला फैलिने प्रकृतिका रहेको जनाइएको छ । हाल यस कपडाको मूल्य लगभग पाँच रुपैयाँ प्रतिमिटर हुने बताइएको छ ।

यस्ता खालका तापक्रम अनुकुलन भएका कपडा पहिले पनि बनाइने गरेको बताइन्छ । यस्ता कपडाको प्रयोग स्पोर्ट्सवेयर बनाउन प्रयोग हुने बताइन्छ ।

यस कपडाले शरीरको तापक्रम ३५ प्रतिशतसम्म व्यवस्थित गर्न सकिने बताइन्छ । हालसम्म बजारमा उपलब्ध यस किसिमका कपडा पाँच प्रतिशत तापक्रम व्यवस्थित गर्नसक्ने खालका थिए ।

यस क्लापदाकोप मुख्य रेसाको रूपमा ऊन रहेको बताइन्छ भने यसभित्र कपालभन्दा हजार गुणा पातलो ट्युब राखिएको छ । यी न्यानोट्युब विशेष प्रकारको कार्बनबाट बनेको र शरीरको तापक्रम बढ्दा या पसिना आउँदा त्यसबाट विद्यतीय चार्ज उत्पन्न हुने र त्यसले ट्युब खुम्चिने हुन्छ । यसो हुँदा शरीर चिसिने हुन्छ ।

त्यस्तै शरीरको तापक्रम कम भएको बेला यी ट्युबहरू फैलिने र यसले गर्दा कपडा मोटो भएर यसले बाहिरको चिसो भित्र आउनबाट रोक्ने गर्दछ ।

यो कपडा निर्माण गर्ने परियोजनाकी प्रमुख प्राध्यापक मिन ओयुयाङका अनुसार यस कपडाको निर्माण मानिसहरूको सुविधाको लागि गरिएको हो । यसलाई लगाएपछि मानिसहरूलाई मौसम अनुसारको लुगा बोक्नुपर्ने आवश्यकता नरहने उनले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah