काठमाडौ । नेपालमा अहिलेको समयमा १८ वर्ष भन्दा मुनिका युवतीहरुले बच्चा जन्माएमा राम्रो मानिदैन् । किनभने अहिले धेरै मानिसहरु ढिलो विहे गर्ने गर्दछन् । कसै कसैले मात्र चाडो विवाह हुने गर्दछ । त्यसमा सन्तान जन्माउने कुरा त टाढाको कुरा हो । त्यसैले आज हामी नेपालको भन्दा केही फरक विवाहको बारेमा कुरा गदै छौ । एक युवती १५ वर्षकाे उमेरमा नै ६ जनाको आमा बनेकी छिन् ।
यो घटना मेलबर्नमा बस्ने शेरोन जेबरको हो । उनले एक सन्तानलाई बिद्यालयमा अध्ययन गर्दा गदै जन्म दिइ सकेकी थिइन । तर उनलाई १५ वर्षकै उमेरमा गर्भवती भएको भनेर धेरै मानिसहरुले होच्याउने ,जिस्काउने गरेका थिए । उनको आमाले समेत गर्भपतन गर्न सल्लाह दिएकी थिइन् । तर उनले आमाको कुरा अस्विकार गरिन् ।
त्यसपछि उनीमाथि समाजले विभिन्न प्रश्नहरु उठायो । तर पनि उनले आफ्नो सन्तानलाई जन्म दिएरै छोडिन् । किनभने उनको प्रेमी रेमसेले उनको साथ कहिल्यै छोडेनन् । अहिले दुवै जनाको सहमतिमा विवाह गरिसकेका छन् । यी जोडी विवाहपछि ८ सन्तानमा बाबुआमा बनेका छन् । उनीहरु अहिले अनलाइन बिजनेस काम गरिरहेका छन् ।



