आजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल फागुन ४ गते,शनिबार, इश्वी सन् २०१९ फेब्रुवरी १६ तारिख,शकसंवत् १९४०, विरोधकृत् संवत्सर,उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३९ सिल्लाथ्व,माघ शुक्लपक्ष,तिथि– द्वादशी, २८:४३ बजेउप्रान्त त्रयोदशी, नक्षत्र– आर्द्रा, १५:३५ बजेउप्रान्त पुनर्वशु,योग– प्रीति, २१:०८ बजेउप्रान्त आयुष्मान्,करण– वव, १७:४४ बजेदेखि वालव, २८:४३ बजेउप्रान्त कौलव,आनन्दादिमा मुद्गर योग,चन्द्रराशि– मिथुन, सूर्योदय– ६:४३ बजे, सूर्यास्त– १७:५४ बजे र दिनमान २७ घडी ५९ पला।व्रत/पर्व- वैष्णवहरूको भीमा एकादशी व्रत,भीष्म द्वादशी, वटुमाघयात्रा, सन्याडुली,त्रिपुष्कर योग १५:३५ देखि २८:४३ बजेसम्म।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल फागुन ५ गते,आइतबार, इश्वी सन् २०१९ फेब्रुवरी १७ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर, उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३९ सिल्लाथ्व,माघ शुक्लपक्ष,तिथि– त्रयोदशी, २६:३२ बजेउप्रान्त चतुर्दशी, नक्षत्र– पुनर्वशु, १४:१३ बजेउप्रान्त तिष्य,योग– आयुष्मान्, १८:१३ बजेउप्रान्त सौभाग्य,करण– कौलव, १५:३९ बजेदेखि तैतिल, २६:३२ बजेउप्रान्त गर,आनन्दादिमा ध्वज योग,चन्द्रराशि– मिथुन, ८:३४ बजेउप्रान्त कर्कट, सूर्योदय– ६:४२ बजे, सूर्यास्त– १७:५५ बजे र दिनमान २८ घडी ०३ पला। प्रदोष व्रत। सौभाग्य–शूर्पदान।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सल्लाह र सुझाव प्राप्त हुनेछ,कर्मचारीले प्रशंसा पाउने छन् ,घरायसी काममा दिलचस्पी बढ्ने छ, कर्मसिद्धिको समय छ,आम्दानीमा कमी आउने छैन, आजको शुभ अंक ६ रहेको छ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
साँझपख अचानक हर्षित हुने समाचार मिल्नेछ, परोपकारी काममा खट्नु पर्नेछ, स्वास्थ्य सबल हुनेछ, भाग्यबल बढ्ने छ, रोकिएका काम पुनः बन्न थाल्नेछन्,आजको शुभ अंक ९ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
संयम र सचेत रहनुपर्छ, सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन, जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ,आजको शुभ अंक १२ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
जीवनसाथी वा प्रेमी/प्रेमिकालाई समय दिनु राम्रो हुन्छ, नत्र दाम्पत्य सम्बन्ध वा प्रेमी/प्रेमिकाका बीचमा चिसोपन बढ्ने सङ्केत छ, बन्दव्यापार सामान्य नै रहने देखिन्छ, आजको शुभ अंक १ रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
घरमा आमा वा दिदीको स्वास्थ्य प्रतिकूल बन्नसक्छ,काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न समस्या आइलाग्न सक्छन् ,आजको शुभ अंक ५ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बौद्धिक र सृजनात्मक क्षमता ह्रास आउने छ यद्यपि आजको चिन्तनले थोरबहुत काम गर्नेछ, दिउँसोबाट सन्तुष्टि प्राप्त हुनेछ,पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ,आजको शुभ अंक ५ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ, शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्न,आजको शुभ अंक १० रहेको छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पारिवारिक सुख मिल्नेछ, मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग प्राप्त हुनेछ, स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ,चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ, आजको शुभ अंक ३ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरू समाधान हुनेछन्,महत्वपूर्ण स्थानमा बोली बिक्ने सम्भावना समेत छ, विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ,आजको शुभ अंक ८ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अधुरा कामहरू पूर्ण हुन थाल्नेछन्,स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ,आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नु पर्नेछ, वादविवादमा विजय प्राप्त हुनेछ,आजको शुभ अंक ११ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ, साँझपख गरेका काममा अवरोध आउने सम्भावना छ, घरायसी प्रयोजनका विषयमा खर्चबृद्धि र तनाव हुन सक्छ,आजको शुभ अंक ८ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सम्मान र साख आर्जन गरिने छ,अब कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय आएको छ, त्यसैले पेसा वा व्यवसायगत उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन्, आजको शुभ अंक ७ रहेको छ।



