काठमाडौँ, ७ असोज । निर्वाचन आयोगले ११ वटा दलको दर्ता खारेज गरेको छ । वार्षिक आयव्यय विवरण बुझाउन पटक—पटक ताकेता गर्दा पनि अटेर गरेको भन्दै आयोगले दल दर्ता खारेज गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०५८ अनुसार आयोगले निर्णय गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्धारा शुक्रवार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले आयव्ययको वार्षिक प्रतिवेदन नबुझाउने ८२ दललाई एक सय जरिवान गर्दै आगामी दिनमा निर्धारित ढाँचा र समयभित्र प्रतिवेदन पेस गराउन सचेत पनि गराएको छ ।

एक सय जरिवाना गरेका राजनीतिक दललाई ३५ दिनभित्र वार्षिक आयव्यय विवरण बुझाउन आयोगले विज्ञप्तिमार्फत आग्रह पनि गरेको छ ।

कुन—कुन दल खारेज भए
खारेज भएका दलमा नवनेपाल निर्माण पार्टी, जनयुनिटी कोअपरेटिभ पार्टी नेपाल, तराई मधेस पहाड हिमाल एकता पार्टी, हरियाली नेपाल पार्टी, ॐ सेना पार्टी, नवजनवादी पार्टी, नेकपा (माक्र्सवादी), नेपाल प्रजातान्त्रिक युवा पार्टी, नेपाल जनसङ्घ पार्टी, नेपाल दलित श्रमिक मोर्चा र नेकपा (एकीकृत) छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah