रतको बिहार राज्यमा सर्पले टोकिएका एक व्यक्तिले श्रीमतीसँगै मर्ने इच्छाले श्रीमतीलाई टोकेका छन्।
समस्तीपुर जिल्लामा गतहप्ता शंकर राई विहानै उठ्दा उनले सर्पले आफूलाई टोकेको थाहा पाए। उनी निकै कमजोर भइसकेका थिए।
उनले श्रीमती अमरा देवीको हातमा टोके र सँगै मर्ने इच्छा व्यक्त गरे। श्रीमतीले उनको सर्तलाई मानिन्। तर, अमरा देवी बाँचिन् शंकरको मृत्यु भयो।
दुवै अचेत अवस्थामा भेटिएपछि छिमेकीले अस्पताल पुर्याएका थिए।
घटनाबाट बाँचेपछि अमरा देवीले भनिन्,‘श्रीमानले मलाई धेरै माया गर्ने बताउँदै सँगै मर्ने भनेर सर्त राखे। त्यसपछि उनलाई मैले हातमा टोक्न अनुमति दिए।’
भारतमा सर्पले टोकेका घटनाहरु धेरै हुने गर्दछन्। सन् २०१८ मा भारतमा सर्पको टोकाइबाट एक हजारभन्दा बढीको ज्यान गएको जनाइएको छ। एजेन्सी



