काठमाडौं — मानिसहरू हेल्मेट नलगाइकन मोटरसाइकल वा स्कूटर चढ्न रमाउँछन् । तर एक युवतीले हेल्मेटको ठाउँमा राइस कूकर राखेपछि भने त्यो फोटो भाइरल भएको छ ।
सिंगापुरको सडकमा मोटरसाइकलको पछाडि बसेकी युवतीले हेल्मेटको स्थानमा राइस कूकर लगाएकी थिइन् । हेल्मेट नपाएपछि उनले कूकर नै टाउकोमा राखिन् ।
यो तस्वीर मंगलवार फेसबूकमा अप्लोड गरिएको हो । फोटोले लाखभन्दा बढी लाइक पाइसकेको छ र ८६६ शेयर भइसकेको छ ।
https://www.facebook.com/Roads.sg/photos/a.861427330556338/2357338184298571



