काठमाडौं, ८ असोज । संविधान संशोधन विधेयक दसैं विदाअघि नै व्यवस्थापिका संसद्मा दर्ता गराउने अन्तिम तयारीमा सरकार पुगेको छ ।
कांग्रेस, नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनबीच भएको तीन बुँदे सहमतिअनुसार संविधान संशोधन विधेयक दर्ता हुने नेताहरुले बताएका हुन् ।
कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाका शीर्षनेताबीच पटक–पटक भएको अनौपचारिक छलफलपश्चात् मुख्य सात मुद्दा संघीयता, नागरिकता, समानुपातिक समावेशिक सहभागिता, राष्ट्रिय सभाको बनोट, निर्वाचन क्षेत्र, भाषा र न्याय प्रणालीमा संशोधन विधेयक दर्ता गर्नुपर्ने निष्कर्ष निकाल्दै त्यसलाई अन्तिम रुप दिने तयारीमा जुटेका आजको राजधानी दैनिकमा खबर छ ।



