दमक/रोहित आचार्य दमकका लागि नौलो नाम होइन । लामो समयदेखि दमकमा ब्यवसायीक क्षेत्रसंगै सामाजिक क्षेत्रमा समेत चिनिएको नाम हो रोहित आचार्य । जो लामो समयदेखि दमकमा ब्यवसाय गर्दै आएकाछन् र एउटा आफ्नो बेग्लै पहिचान बनाएकाछन् ।
दमकमा जतिखेर सिमित पसल तथा ब्यवसाय थिए त्यति खेर दमकको जेसिज चोक अर्थात फुटानी खाट छेउमा नै उहाँको बुबा रमनाथ आचार्यको जुत्ताचप्पल पसल रहेको थियो ।
यहि पारिवारी पृष्ठभुमीबाट नै उहाँलाइ करिब २ दशक अघिदेखि फरकधारको ब्यवसायमा तान्यो । त्यो थियो आधुनिक फर्निचर ब्यवसाय । एभरेष्ट फर्निचर अहिले दमकमा मात्र होइन पुर्वमा नै नामी छ ।
उनलाइ दमकमा ब्यवसायीक बनाउन सिकाउन सधै उनकी श्रीमति दमन्ता आचार्यको ठुलो हात रह्यो । ५७ सालतिर बुटवलमा दुबैजना जाँदा एउटा सपिङ्ग महलमा पस्दा दमकमा नै यस्तो खोल्ने सोच पलायो । दुबै जनाले यस बिषयमा कुरा गरे ।

मन भएरमात्र भएन धन पनि चाहिने । बल्ल अहिले त्यो सोच उनिहरुको पुरा भएको छ । एउटै सपिङ्गमहलमा सकेसम्म आवश्यकताका सामानहरु परपुर्ति गर्ने उदेश्यले आउदो १८ गतेदेखि एभरेष्ट सपिङ्ग सेन्टर सञ्चालनमा आउन लागेको छ ।
शुक्रबार दमकमा पत्रकार सम्मेलन गरेर जानकारी गराइए अनुसार आउदो १८ गते सेन्टरको उद्घाटन हुनेछ । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले यसको उद्घाटन गर्नेछन् ।
जहा किराना, तयारी पोशाक, जुत्ताचप्पल, भाडावर्तन, फर्निचर, फर्निसीङ्ग, इलेट्रोनिक लगायत स्वदेश तथा विदेशी व्राण्डेड सामानहरु पाइने छ । गुणस्तरमा कुनै प्रकारको सम्झौता नहुने र उपभोक्तालाइ गुणस्तरीय सामाग्रि उपलब्ध गराउने आचार्यले बताए ।
आचार्यका अनुसार उचित मूल्य हुने र यहाँ दलाल हुनेछैन । बिभिन्न समयमा छुट तथा अफरहरु भने चलाइने छ । कर्मचारीहरु उनले राखिसकेकाछन् । दमकको चोक हेरेर पारिवारिक रुपमा होटलमा आएर खान सकिने पनि जनाईएको छ । सबैभन्दा माथिल्लो तलामा होटलछ ।-विष्णुप्रसाद पोखरेल-



