काठमाडौं — होमवर्क गर्न बच्चाहरूलाई प्रायः अल्छी नै लाग्छ । तर चीनकी एक किशोरीले होमवर्क गर्ने नौलो तरिका खोजिन् । उनले रोबोटलाई आफ्नो होमवर्क गर्न लगाइन् ।

चीनको सामाजिक सञ्जालमा किशोरीको निकै तारिफ भइरहेको छ । अनि मानिसहरूले रोबोटको माग पनि गरिरहेका छन् ।

कियानजियाङ इभनिङ न्युनका अनुसार, किशोरीलाई होमवर्क गर्न समस्या हुन्थ्यो । अनि उनले लगभग १३ हजार रुपैयाँमा एउटा रोबोट किनेर ल्याइन् । त्यो पैसा उनले नयाँ वर्षको उपहारका रूपमा पाएकी थिइन् ।

रोबोटले जोसुकैको पनि ह्यान्डराइटिङ कपी गर्न सक्थ्यो । किशोरीले आफैं होमवर्क नगरेर धेरैपटक रोबोटलाई काम गराइन् ।

चीनको सामाजिक सञ्जाल वीबोमा रोबोटको निकै माग छ ।

चिनियाँ भाषा चित्रात्मक लिपि हो । त्यसमा ८०० वर्ण छन् । यति धेरै वर्णलाई याद गर्न सजिलो छैन । अनि त्यसलाई लेख्न त झनै मुश्किल छ । चीनमा विद्यार्थीहरूलाई अर्को समस्या भनेको उनीहरूले प्रत्येक च्याप्टर पूरै कापीमा लेखेर विद्यालय आउनुपर्ने हुन्छ ।

किशोरीले दुई दिनमा अनेकौं च्याप्टर कपी गरिन् । उनकी आमाले छोरी यति छिट्टै यति धेरै होमवर्क गर्न सक्लिन् भनेर पत्याएकै थिइनन् ।

पछि किशोरीको कोठा सफा गर्दा रोबोट भेटियो । किशोरीले कुटाइ पनि खाइन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah