काठमाडौँ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै आफुलाई आवश्यक पर्ने सामाग्री पनि अनलाई मार्फत नै अर्डर गर्न सकिन्छ । अनलाइन सपिङका क्रममा एक युवतीले जे पाइन त्यो देखेर उनको होस् नै उड्यो । इङल्याण्डको स्टेफोर्डशायरकी २१ वर्षिय लियोनी प्याटिसनसँग निकै बिचित्रको घटना घटेको छ ।
लियोनीले प्याटिसनसँग अनलाइन वेबसाइटबाट स्कट अर्डर गरेकी थिइन् । उनले अर्डर गरेको सामान निर्धारित समयमा त आयो तर उनले अर्डर गरेको स्कर्टमा एउटा यस्तो चिज टासिएको थियो जुन देखेर उनी रिसले चुर भइन् । जब उनले उक्त स्कटको प्याकेट खोलिन् त्यहाँ कण्डमको प्याकेट राखिएको थियो । यो देखेर छक्क लियोनीसँग रिसको सिमा नै रहेन् ।
त्यसपछि तत्कालै उक्त स्कटमा टाँसिएको चिजसहित तस्वीर खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्दै उक्त कम्पनीलाई तथानाम गाली गरिन् । अहिले उक्त पोस्ट सामाजिक सञ्जालमा भाइरल भएको छ । लियोनीले तस्वीर पोस्ट गरे लगतै कम्पनीले उनीसँग माफी मागेको छ । यद्यपी घटना कसले गरायो भन्ने बारेमा छानबिन भइरहेको छ ।



