आजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल फागुन १६ गते,बिहीबार,इश्वी सन् २०१९ फेब्रुवरी २८ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३९ सिल्लागा,फाल्गुण कृष्णपक्ष,तिथि– नवमी, १०:३४ बजेउप्रान्त दशमी,नक्षत्र– मूल, ३०:०८ बजेउप्रान्त पूर्वाषाढा,योग– वज्र, १३:५० बजेउप्रान्त सिद्धि,करण– गर, १०:३४ बजेदेखि वणिज, २२:५८ बजेउप्रान्त भद्रा, आनन्दादिमा धुम्र योग,चन्द्रराशि– धनु, सूर्योदय– ६:३२ बजे, सूर्यास्त– १८:०२ बजे र दिनमान २८ घडी ४६ पला।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल फागुन १७ गते,शुक्रबार,इश्वी सन् २०१९ मार्च १ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण, शिशिर ऋतु, नेपाल संवत् ११३९ सिल्लागा,फाल्गुण कृष्णपक्ष,तिथि– दशमी, ११:२९ बजेउप्रान्त एकादशी,नक्षत्र– पूर्वाषाढा, ३१:५७ बजेउप्रान्त पूर्वाषाढा,योग– सिद्धि, १३:२७ बजेउप्रान्त व्यतीपात,करण– भद्रा, ११:२९ बजेदेखि वव, २४:०७ बजेउप्रान्त वालव,आनन्दादिमा प्रवर्द्धमान योग,चन्द्रराशि– धनु, सूर्योदय– ६:३१ बजे, सूर्यास्त– १८:०३ बजे र दिनमान २८ घडी ५० पला।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्, स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,आजको शुभ अंक ५ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
अपराह्नदेखि आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्,पढाइलेखाइमा प्रगति हुनेछ,सरकारी कडिकडाउको सिकार भइनेछ,आजको शुभ अंक ३ रहेको छ ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्नेछ,कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ,आजको शुभ अंक ७ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिगो फाइदा हुने काम सुरु हुन सक्छ,सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,लामो यात्राको प्रक्रिया अघि बढ्नेछ,आजको शुभ अंक ५ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यावसायिक यात्रा सम्भावना छ,विभिन्न भौतिक साधन जुट्नेछन्,चोटपटक लाग्ने, अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,आजको शुभ अंक १० रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
रचनात्मक काम सुरु गर्ने मौका छ,आतिथ्यपूर्ण सम्मान पाइएला,दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,आजको शुभ अंक ९ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
सवारी साधन प्राप्तिको योग छ, आतिथ्यपूर्ण सम्मान पाइएला,विशिष्ट व्यक्तित्वसँग सहकार्य गर्ने मौका छ,नयाँ काम गर्ने मौका छ,आजको शुभ अंक ११ रहेको छ ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
चिताएको काम समेत सम्पादन हुनेछ,पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ, रमाइलो भ्रमण सम्भावना छ,आजको शुभ अंक ८ रहेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ,विभिन्न सहयोग र उपहार पाइनेछ,आजको शुभ अंक ६ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ,अस्वस्थ भइने र सानातिना समस्यामै अल्झिनुपर्ने समस्या आउला,आजको शुभ अंक ८ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पारिवारिक भेटघाटको समय छ,घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ,सरसफाइ तथा सजावट सम्बन्धी काममा आकर्षित भइनेछ,आजको शुभ अंक १ रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शत्रुहरू किनारा लाग्नेछन्,प्रतिस्पर्धामा पनि विजयी भइनेछ,ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्,आजको शुभ अंक १२ रहेको छ।
दिब्य ज्योति बाट साभार



