वि.सं. २०७५ साल फागुन १७ गते,शुक्रबार,इश्वी सन् २०१९ मार्च १ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण, शिशिर ऋतु, नेपाल संवत् ११३९ सिल्लागा,फाल्गुण कृष्णपक्ष,तिथि– दशमी, ११:२९ बजेउप्रान्त एकादशी,नक्षत्र– पूर्वाषाढा, ३१:५७ बजेउप्रान्त पूर्वाषाढा,योग– सिद्धि, १३:२७ बजेउप्रान्त व्यतीपात,करण– भद्रा, ११:२९ बजेदेखि वव, २४:०७ बजेउप्रान्त वालव,आनन्दादिमा प्रवर्द्धमान योग,चन्द्रराशि– धनु, सूर्योदय– ६:३१ बजे, सूर्यास्त– १८:०३ बजे र दिनमान २८ घडी ५० पला।
भोलिको- पञ्चाङ्ग
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ)
धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ,रमाइलो भ्रमण सम्भावना छ,ईर्ष्या गर्नेहरूलाई पनि पौरख गरेर देखाउने समय छ, बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ, आजको शुभ अंक- १२ रहेको छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आस मारेको फल पुनः प्राप्त हुन सक्छ ,गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ,प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ,विभिन्न सहयोग र उपहार पाइनेछ,आयआर्जन पनि राम्रै हुनेछ,आजको शुभ अंक – ६ रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
गरेका कामको सर्वत्र आलोचना हुनसक्छ , मनमा निराशा र वैराग्यका बादल मँडारिने सङ्केत छ, आत्मविश्वास र हिम्मतका साथ अघि बढेमा भाग्यभावमा रहेको चन्द्रमाले साथ दिनेछ,आँटले काम लिन नसक्दा पछि परिनेछ,आजको शुभ अंक- ५ रहेको छ ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लेनदेनको कारणले विवाद आउने सम्भावना छ, विपरीत लिङ्गीहरूबाट पनि सजग रहनुहोला,अष्टमस्थ चन्द्रमा रहेकाले आर्थिक रूपमा पनि नोक्सानी हुनसक्छ ,चोटपटक लाग्ने सम्भावना छ,आजको शुभ अंक – ४ रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विवाद र बहसमा विजयी भइने छ,आशा गरेअनुरूप सहयोगी जुट्ने छन्,आम्दानी प्रशस्तै बढ्नेछ,विभिन्न भौतिक साधन जुट्नेछन्, चोटपटक लाग्ने, अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,आजको शुभ अंक – १० रहेको छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
पढाइमा त्यति समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने मौका छ ,आम्दानी प्रशस्तै बढ्नेछ,नयाँ सवारी साधन प्राप्तिको योग छ,आतिथ्यपूर्ण सम्मान पाइएला,विशिष्ट व्यक्तित्वसँग सहकार्य गर्ने मौका छ,आजको शुभ अंक- ११ रहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ ,आत्मीयजनसँग भेटघाट होला,सरसफाइ तथा सजावट सम्बन्धी काममा आकर्षित भइनेछ,कृषि तथा पशुबाट लाभ हुने समय छ,आजको शुभ अंक -५ रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला,जिम्मेवारी भने बढिरहने छन् ,पढाइलेखाइमा प्रगति हुनेछ,सरकारी कडिकडाउको सिकार भइनेछ,झमेलामा परिने र छिमेकमा सम्बन्ध बिग्रने सम्भावना छ,रकम खर्च होला,आजको शुभ अंक-६ रहेको छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना र आत्मबलका कारण समाधान गरि छाडिने छ,वसायिक यात्रा सम्भावना छ, दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,आम्दानी प्रशस्तै बढ्नेछ,नयाँ सवारी साधन प्राप्तिको योग छ,आजको शुभ अंक- १ रहेको छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
मनको डर उत्साहमा रूपान्तरित हुने योग छ, टाढाको यात्रा गर्ने मौका छ ,पराक्रम र उत्साह बढ्नेछ, उद्योग र व्यापारमा विशेष फाइदाको योग छ,प्रतिस्पर्धी परास्त होलान्,सिद्धिको समय छ,आजको शुभ अंक -७ रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ,ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्,शंकाले सताउनेछ, आजको शुभ अंक- ९ रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
बाह्रौं भावमा चन्द्रमा भए पनि अत्तालिई हाल्नु पर्ने परिस्थिति छैन,लामो यात्राको प्रक्रिया अघि बढ्नेछ,हठ गर्ने बानीले दुःख पाइएला,विगतमा गरिएका कार्यले झन्झट सिर्जना गर्न सक्छ,आजको शुभ अंक- ८ रहेको छ ।
तन्त्र, मन्त्र,यन्त्र तथा ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१



