१७ फागुन, ।
हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति ,पर्यटन तथा नागरिक उड्ययन मन्त्रि रबिन्द्र अधिकारीको पार्थिव शरिरलाई आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

उनको पार्थिव शरिरमा उनकी श्रीमति र दुई छोराहरुले दागबत्ति दिएका थिए । मन्त्रि अधिकारीको काजकरिया सात दिनमा नै सक्ने परिवारीक स्रोत ले बताएको छ ।
मन्त्रि अधिकारीको शबलाई आज नै काठमाडौंको टुँडिखेलमा राखेर अन्तिम श्रद्धाञ्जली अर्पणपछि गृह नगर पोखरा लगिएको थियो ।




