झापा । झापा गोल्डकपको चौथो संस्करण शनिबारबाट झापाको बिर्तामोडमा शुरु भएको छ । प्रदेश एकका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेको प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली आयोजक झापा ११ फुटबल क्लवले विजयी सुरुवात गरेको छ ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शनिवार भएको खेलमा झापा ११ ले सहारा फुटबल क्लब पोखरालाई २—० गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
घरेलु दर्शकको समर्थन पाएका झापा ११ ले सहाराविरुद्ध पहिलो हाफ्मै दुई गोलले अग्रता लिए । खेलको ४० औँ मिनेटमा झापाबाट खेलेका विदेशी खेलाडी काजिम बुखारीले गोल गर्दै टिमलाई अग्रता दिलाए । एक गोलले अग्रता लिएको केही मिनेट बित्न नपाउँदै झापाले थप एक गोल गरेर जीत नजिकै पुगे ।
झापाका कप्तान कर्ण लिम्बुको स्थानमा मैदान प्रवेश गरेका संयोग राईले खेलको ४५ औ मिनेटमा गोल गरे । झापाले पहिलो हाफ्मा सहारालाई दबावमा राखे । दोस्रो हाफमा पनि सहाराले झापालाई दबाब राख्न नसक्दा खेल झापाको पक्षमा गयो । खेलको म्यान अफ दि म्याच झापा ११ का संजोग राई घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । आइतबार सशस्त्र प्रहरी (एपीएफ) क्लब र मोरङ ११ फुटबल क्लव बीच खेल हुने आयोजक समितिले जनाएको छ ।
प्रतियोगितामा आयोजक झापा–११ फुटबल क्लबसहित विभागीय टोलीहरु त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिसका साथै मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार, मोरङ–११, रुपन्देही फुटबल क्लब, सहारा क्लब पोखरा र हङकङ नेप्लिज एकाडेमीको सहभागिता रहने झापा गोल्डकपका अध्यक्ष महेन्द्रकुमार गिरीले बताए । विजेता टिमलाई नगद १२ लाख ५५ हजार तथा उपविजेता टोलीले ६ लाख ५ हजार रुपैयाँसहित ट्रफि पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah