दमक/झापाको दमक स्थित आकाशेपुलमा आज राजु गिरीको चलचित्र शिवम्को शुभमुहर्त गरिएको छ । राजु गिरी प्रोडक्सन र सुभेच्छा इन्टरटेन्मेन्नेटको प्रस्तुती शिबम् एक्सप्रदान चलचित्र हो । नेपाल बाहिरको पहिलो बनेको आकाशेपुलमा नायिका शुभेच्छा थापा, नबनायक सोहम भेट्वाल सहितका कलाकारहरुको सहभागितामा शुभमुहर्त गरिएको हो । दमकको पशुपति मन्दिरमा पत्रकार मञ्च दमकका अध्यक्ष बिष्णुप्रसाद पोखरेल र आकोशपुलमा चलचित्र निर्माता संघका चैतन्य बरालले नरिवल फोरेर शुभमुहर्त गरेका थिए ।
निर्देशक गिरीका अनुसार करिब ६० लाखको लागतमा चलचित्र बन्नेछ । राजधानी सहित झापा र अन्य बिभिन्न ठाँउहरुमा सुटिङ हुने जनाइएको छ । कल्पना खरेल निर्माता रहेको चलचित्रको कथा स्वयं निर्देशक गिरीको रहेको छ । पटकथा÷संवाद राजेश भुजेल, संगीत श्रीकृष्णबम मल्ल र किरण गजमेरको रहे
को छ । नृत्य निर्देशक जीबन ज्ञवाली रहेकाछन् ।
यस चलचित्रमा नब नायकको रुपमा सोहम भेट््वालले इन्ट्रि गर्दैछन् । अन्य कलाकारहरुमा रबि गिरी, राजकुमार थापा, पल्पसा डंगोल, मदन सिटौला, गोपाल कुइकेल, सन्दीप पराजुली,दीपक पौड्याल लगायत रहेकाछन् । निर्देशक गिरीले तीन महिनाभित्रमा चलचित्र निर्माण सम्पन्न भएर प्रदर्शनका लागि तयारी भइसक्ने जानकारी दिए ।



