काठमाडौ, ८ असाेज । अफिसका २९ जना साथीहरुसँग गत साउन ३० गते एक दिने पिक्निकका लागि धादिङको गल्छीबगर रिसोर्ट गएका इन्जिनियर विशाल घर्तीमगर अझै भेटिएका छैनन् ।

काठमाडौस्थित टोवा इन्जिनियरिङ कम्पनीमा कार्यरत विशाल नदीमा डुबेर आजसम्म बेपत्ता छन् ।

परिवारको उजुरीका आधारमा उक्त घटनाबारे प्रहरीले अनुसन्धान गरेपनि आजसम्म वास्तविक तथ्य भने फेला पारेको देखिन्न ।

विशाल हराएको खबर पाएदेखि प्रहरीले पिक्निकमा सहभागी मध्ये इन्जिनियरिङ कम्पनीका प्रबन्धक राजेन्द्र शाक्यसहित ११ जनालाई बोलाएर घटनाबारे लिखित र मौखिक बयान लिएको बताएको छ ।

घटनाबारे पछिल्लो जानकारी लिन बुधबार धादिङ जिल्ला प्रहरी कार्यालय पुगेकी बेपत्ता विशालकी दिदी सदिक्षा घर्तीमगरले खबरडबलीसँग कुरा गर्दै भनिन्,–‘प्रहरीले विभिन्न ११ जना मानिसलाई बोलाएर बयान लिएको रहेछ, तर त्यो बयान सुन्दा अनुसन्धानमुलक ढंगले लिएको देखिएन ।’

प्रहरीले लिएको बयान नाम मात्रको भएको बताउँदै उनले भनीन्,–‘प्रहरीले खोजी गर्नुपर्ने क्षेत्र र व्यक्तिसँग अझै अनुसन्धान गरेन ।’

प्रहरी बयानमा के छ ?
हालसम्म प्रहरीले विशाल घटनाका ११ जनासँग बयान लिएको छ । प्रहरी ११ जनाको बयानपछि विशाल नदीमा डुबेर बेपत्ता भएको निष्कर्षमा पुगेको र आफुलाई त्यही सुनाएको विशालकी दीदी सदीक्षाले बताइन् । बयान अनुसार नुहाउन जानु अघि उनीहरुमध्ये केहिले वियर र विशालले कोल्ड ड्रिङ्स पिएका थिए ।

सदीक्षाका अनुसार –मोबाइल्स डिटेल्सको रिपोर्ट के कस्तो आउछ ? त्यसको जानकारी तपाईलाई गराउँछौ भन्दै धादिङ डीएसपी प्रहरी दीपेन्द्र पन्जियारले आफूहरु खोजी कार्यमा निरन्तर लाग्ने बताएका छन् ।

तर विशालकी दीदी सदिक्षा प्रहरीको बयान फितलो भएको र अनुसन्धान राम्रोसँग नभएको तर्क गर्छिन् । उनी भन्छिन्,– ‘पौडी खेल्न रुचि नराख्ने विशाल कसरी नुहाउन जाने मुडमा आयो ? प्रहरीले यसको सुक्ष्म अनुसन्धान गरेको देखिएन । विशालले पिएको कोल्ड ड्रिङ्समा कसैले हार्ड ड्रिङ्स मिसाएर खुवाउँदै नदिसम्म जाने मुड बनाएको पनि त हुनसक्छ ? बयानमा प्रहरीले त्यो प्रश्न किन सोधेन ?’

यता प्रहरी भने थप अनुसन्धान भइरहेको बताउँछ, –बयानको काम सकिएको र अब फोन डिटेल्स हेरेपछि अर्को पाटोको अनुसन्धान हुन्छ ।

प्रहरीले सदीक्षालाई भनेको छ, –केस २० बर्ष सम्म पनि बन्द हुदैन, हामी पनि अनुसन्धानमै छौ, तपाईहरुसँग पनि त्यस्तो कुनै सूचना मिल्यो भने जतिबेला पनि हामीलाई खबर गरेर सघाउनुस् ।

विशालकी दिदी सदीक्षाको प्रहरीमाथि प्रश्नै प्रश्न
बुधबार प्रहरीको बयान सुन्दै घटना सम्बन्धि फोटोहरु हेरें, त्यसपछि केहि सोच्नै सकिन । उनीहरुको बयान पनि बोलाई र लेखाइमा फरक देखियो । बयानमा प्रहरीले अनुसन्धानमूलक ढंगले जसरी सोध्नु पर्दथ्यो, त्यसरी क्रस गरेर सोधेको पाइएन । प्रहरीले प्रस्तुत गरेको उक्त बयान अनुसन्धानका लागि प्रयाप्त भएन ।

घटना हुदाँ सँगै नुहाउन गएको भनिएका रन्जन कर्मचार्य, विकास भट्टराई लगायत विशालका चार जना साथीहरुसँगै स्वीमिङ् गर्ने क्रममा उनी मात्र कसरी हराए ? उनले प्रश्न गर्दै भनिन्, –‘उसको एकजना साथीले दिएको बयान अनुसार आफु पानीमा जाँदै गर्दा एक्कासी विशाल पानीमा डुबेको देखेर कराएको बताएका छन् । तर विशाल पौडि खेल्नै नजान्ने मान्छे कसरी त्यति गहिराइमा नुहाउन गयो ? हामीलाई यसले अझै बढि आशंकित बनाएको छ ।’

विकाशलाई आफूले हुर्काइ बढाई गरेको स्मरण गर्दै सदिक्षा थप्छिन्, –‘विशालले नशाको रुपमा केहि पनि खाँदैनथ्यो । उसको पानीमा पौडी खेल्ने बानी पनि थिएन, त्यसमा कुनै रुचि नै थिएन उसलाई । तर नुहाउँदा हरायो भनिएको छ । फोटोमा पनि नुहाउन गएको देखिन्छ, त्यो दिन उ किन र कसरी नदिसम्म पुग्यो ? प्रहरीले त्यो विषयमा खोजी गरेकै देखिएन । हामीलाई प्रहरीको बयान सुनेपछि अझै धेरै रहस्यहरु प्रहरीले नखुलाएको महशुस भएको छ ।’

सदीक्षाले त्यो दिन सम्झदै भनिन्,–‘मैले उसलाई त्यो दिन फोन नगर्नु नै ठूलो भुल भयो । जहिले पनि बावु बाहिरजादाँ उसलाई धेरै कुरामा सतर्क गराउने गर्दथ्य तर त्यो दिन मैले फोन गर्न बिर्से, सायद अब चाहेर पनि उसलाई फोन गर्न सक्दिन होला ।’

बुधबार धार्दिङ जिल्ला प्रहरीको बयान सुनेर फर्केपछि विशालकी दिदी सदीक्षा घर्तीमगरले खबरडबलीसँग कुरा गर्दै भनिन्, –‘प्रहरीले लिएको बयान अनुसन्धान प्रकृयाको लागि पुर्ण भएको जस्तो लागेन । नाम मात्रैको बयान लिएको देखियो । अझै महत्वपूर्ण कुरा प्रहरीले रिसोर्टको चियर पर्सन, ती जो जापनिज हुन, उनीसँग किन बयान लिएन ?’

सदीक्षा भन्छिन्, –‘उक्त जापनीजले विशाललाई नुहाउन जाउ भनेको रहेछ, उ नगए आफू पनि नजाने समेत उसले बताएको रहेछ । यसरी पहिलो पटक त्यो रिसोर्टमा गएको मानिसलाई ति जापनीजले नुहाउन जानका लागि किन त्यति धेरै कर गरे ? त्यो विषयमा प्रहरीले किन अनुसन्धान गरेन ?’

भाषाको समस्याका कारण उक्त जापनीजसँग विशेष बयान लिन गाह्रोे परेको प्रहरीले बताउँछ । त्यो मानिससँग गहिरो अनुसन्धान गर्न प्रहरीसँग माग गरेपछि आइतबार जापनिज भाषा जान्ने (दोभासे) ल्याएर आउनु भनेको समेत उनले सुनाइन् ।

नदीमा सँगै नुहाउन गएका विकाश भट्टराई भन्छन – जापनिजलाई पानीमा एक्कासी देखें त्यो दिन हामीहरु पिक्नीकको लागि गएका थियौँ । यस्तो नराम्रो होला भन्ने कल्पना पनि गरिएको थिएन । उ मेरो मिल्ने साथी थियो ।
कुनै लागु पदार्थको पनि उसमा लत थिएन । अरु कुनै तनाब भए जस्तो पनि लाग्दैन्, तर त्यो घटना एक्कासी कसरी हुन गयो ।

नदिमा जानु अगाडि अरु साथीहरुले वियर खाएको भएपनि विशालले भने चिसोमात्र खाएको मैले देखेँ ।

गर्मी भएको थियो त्यसैमा अरुले नुहाइराखेको देखेपछि नुहाउन मन लाग्यो । विशाल र सबै साथीहरुले नुहाउन जाने भने, त्यसैमा म पनि उनीहरुसँगै लागेर गएको थिएँ ।

पानीमा सबै पसेर नुहाउँदै थिए, म जाने तयारीमा थिए । विशालले मलाई बोलाएकाले म त्यता बढ्न खोज्दै थिए, एक्कासी उसलाई डुबेको देखेँ । उसलाई पानीमा भएका मानीसले बचाउन पनि खोजे भेटाउन सकेनन् । त्यसैमा जापनीजलाई पनि मैले त्यतिबेला पानीमा देखेँको थिएँ ।

Khabardabali.com बाट सभार गरिएको 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah