आजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल फागुन २७ गते,सोमबार,इश्वी सन् २०१९ मार्च ११ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर, उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३९ चिल्लाथ्व,फाल्गुण शुक्लपक्ष,तिथि– पञ्चमी, २५:४४ बजेउप्रान्त षष्ठी,नक्षत्र– भरणी, २५:२६ बजेउप्रान्त कृत्तिका,योग– ऐन्द्र, १४:०७ बजेउप्रान्त वैधृति,करण– वव, १३:४८ बजेदेखि वालव, २५:४४ बजेउप्रान्त कौलव,आनन्दादिमा चर योग,चन्द्रराशि– मेष,सूर्योदय– ६:२१ बजे, सूर्यास्त– १८:०९ बजे र दिनमान २९ घडी ३१ पला। त्रिपुष्कर योग २५:१४ देखि २५:४५ बजेसम्म।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल फागुन २८ गते,मंगलबार,इश्वी सन् २०१९ मार्च १२ तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,शिशिर ऋतु,नेपाल संवत् ११३९ चिल्लाथ्व,फाल्गुण शुक्लपक्ष,तिथि– षष्ठी, २५:१४ बजेउप्रान्त सप्तमी,नक्षत्र– कृत्तिका, २५:४५ बजेउप्रान्त रोहिणी,योग– वैधृति, १२:४६ बजेउप्रान्त विष्कम्भ,करण– कौलव, १३:३३ बजेदेखि तैतिल, २५:४४ बजेउप्रान्त गर,आनन्दादिमा गद योग, चन्द्रराशि– मेष, ७:४१ बजेउप्रान्त वृष,सूर्योदय– ६:२० बजे, सूर्यास्त– १८:१० बजे र दिनमान २९ घडी ३५ पला। सर्वार्थसिद्धियोग २५:४५ बजेसम्म।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ, टाढाको यात्रा सम्भावना छ ,वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,प्रेम गर्ने हरुको लागि आजको दिन शुभ हुनेछ ।

बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आफन्त बाट धोका हुन् सक्छ,समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ,प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,सानातिना कामको झमेला आउनसक्छ,प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ ।

मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –
साझपख सुधार हुनेछ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,चोटपटक को सम्भावना छ, झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,पारिवारिक जीवन सामान्य रहने छ,आर्थिक समस्या पर्ने छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
स्वास्थ्यमा सुधार आउने छ, परिवारमा खुशी छाउनेछ,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,रोजगारीको लागि आजको दिन राम्रो छ,बैदेशिक यात्रा हुने सम्भावना छ,रोकियका कामहरु बन्ने छन्,आजको शुभ अंक ५ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आजको समय सामान्य छ,विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ,विश्वासको वातावरण बन्नेछ,माता मनकामना लाई प्रथाना गर्नाले शुभ हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,परिवारमा खुशीको खबर प्राप्त हुने छ,माया प्रेमको लागि रमाइलो छ,गणेश भगवानको पुजा गर्नाले आजको दिन शुभ हुन्छ,पारीवारिक सहयोग बढ्ने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आर्थिक संकट पर्नेछ,भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ,बोलीमा विचार पुराउनु होला,महत्वपूर्ण काममा ध्यान दिनु होला,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको दिन तेती राम्रो छैन।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
रोकियाका कामहरु बन्ने छन्,महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ, सहयोगीहरूले काममा साथ दिनेछन्,मानसम्मानमा बृद्धि हुनेछ,आजको शुभ अंक १० रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,रोकियाका कामहरु बन्नेछ,श्रमबाट प्रशस्त धन लाभ हुनेछ,पठन–पाठनमा प्रगति हुनेछ,देवी माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ, रोजगारीमा सफलता मिल्ने छ,आजको शुभ अंक २ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
जिबन साथी सगॅ मन मुटाब हुन् सक्छ,आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,पारिवारिक किचलो हुनेछ,बोलीमा विचार गर्नु होला,चोटपटकको सम्भावना छ,यात्रा घातक बन्न सक्छ,आजको शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
उद्योग र व्यापारमा विशेष फाइदाको योग छ,पारिवारिक जमघटमा मन रमाउनेछ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,मानसम्मानमा बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,शुभ कुराको संकेत मिल्नेछ,आजको शुभ अंक २ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
शुभ कुराको सङ्केत मिल्नेछ,अर्थलाभका अवसर आउने छन्,आज कुनै अप्रत्याशित काम बन्ने योग छ,चोटपटकको सम्भावना छ,पारिवारिक जीवनमा मतभेत रहनेछ,मेलमिलापको भावना राम्रो हुनेछ,समय राम्रो छ,आजको शुभ अंक ७ रहेको छ।
दिब्य ज्योतिष बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah