इलाका प्रहरी कार्यालय दमकका प्रहरीलाई आइतवार बिहान आत्महत्या गरेका खबरहरुले निक्कै तनाव सिर्जना गर्यो । प्रहरी टोली एक ठाँउमा पुग्न नपाउदै अर्को ठाँउबाट र अर्को ठाँउमा पुग्न नपाउदै अर्को गरेर बारम्बार आत्महत्या भएको खबर पाएपछि मुद्धाफाँटमा रहेका प्रहरीलाई भ्याइनभ्याइ नै भएको जनाईएको छ ।

एकैदिन आइतवारमात्र इलाका प्रहरी कार्यालय दमकको कार्यक्षेत्र भित्र ४ वटा आत्महत्याका घटनाहरु भएको पाईएको छ । एकैदिन बिभिन्न ठाँउमा ४ जनाले आत्महत्या गरेकाहुन् । तीनजनाले झुण्डिएर र १ जनाले बिष सेवन गरेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

आइतवारमात्र झुण्डिएर लखनपुर १ का ५८ बर्षिय चन्द्रप्रसाद राइ, दमक १२ का३९ बर्षिय कृष्णप्रसाद बराल, दमक १ का ३८ बर्षिय कुमार दीयालीले आत्महत्या गरेकाहुन् । खजुरगाछीका बिनोद लामाले भने बिष सेवन गरेर आत्महत्या गरेको बताइएको छ । बिष सेवन गरेर गम्भिर अवस्थामा रहेका लामालाइ उपचारका लागि अस्पताल ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको बताईएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुका अनुसार यस क्षेत्रमा आत्महत्या जटिल समस्याको रुपमा रहेको छ । दैनिकजसो आत्महत्याका घटनाहरु हुने गरेको बताउदै यहाँको प्रमुख समस्या नै यहि बन्न लागेको उहाँको भनाइ रहेको छ । उहाँले भन्नुभयो–‘यस क्षेत्रका लागि आत्महत्या चुनौती बन्दै गएको छ ।‘

गत बर्षमात्र दमक आसपासमा मात्र ५९ जनाले आत्महत्या गरेको प्रहरी रेकर्डमा रहेको छ । यसमा झुण्डिएर ४४, बिष सेवन गरेर १४ र औजारबाट एकजना रहेको लिम्बुले जानकारी दिनु भयो । चालु आर्थिक बर्षको अहिलेसम्ममा झुण्डिएर २४ र बिष सेवन गरेर३ जनाले आत्महत्या गरिसकेकाछन् । के कारणले आत्महत्या यसरी बढि रहेको छ भन्ने अहिलेसम्म गहिरिएर कहिबाट पनि अनुसन्धान हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah