काठमाडौं । आज राजधानीबाट प्रकाशित विभिन्न अखबारहरुले फरक फरक समाचारलाई प्राथमिकताका साथ छापेका छन् । कान्तिपुर दैनिकले सरकारले ल्याएको बहुप्रचारित सामाजिक सुरक्षा कार्यक्रममा रोजगारदाता हिचकिचाएको खबरलाई आफ्नो प्रथम पृष्ठमा छापेको छ ।

समचारमा मुलुकभर ९ लाखभन्दा बढी रोजगारदाता रहेकामा कार्यक्रम घोषणा भएको बरिब ४ महिना पुग्न लाग्दा २१ हाराहारी मात्र सहभागि भएका उल्लेख छ । सरकार, रोजगारदाता र ट्रेड युनियनबिचको सहमतिमा कार्यक्रम घोषणा भएपनि रोजगारदाताको सहभागिता अत्यन्तै न्युन देखिनु कार्यक्रमबारे बुझाउनै नसकिएको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्दैशक श्यामराज अधिकारीको भनाई रहेको पनि समाचारमा छ ।

संघीय संसदका महासचिव मनोहरप्रसाद भट्राईको स्वीकृतीबिनै संसदको लेखा शाखाले राष्ट्रियसभा अध्यक्ष, उपाध्यष, सचिवसहितको कार्यकक्षका लागि खरिदबापतको ९ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेको समाचारलाई नागरिक दैनिकले प्रमुख समाचारका रुपमा छापेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको दबाबमा महासचिवको ठाउँमा राष्ट्रियसभाका सचिवलाई स्वीकृत गर्न लगाएर लेखा शाखाबाट फागुन २३ गते रकम निकासा गरिएको खुलेको समाचारमा उल्लेख छ ।

नयाँ पत्रिका दैनिकमा ‘अवैध शुल्कको विरोध गर्ने किस्ट मेडिकल कलेजका ५० विद्यार्थी फेल’ भएको समाचार छापिएको छ ।

समाचारमा किस्ट मेडिकल कलेजका दशौँ व्याचका विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनको फोटोसमेत समावेश गरिएको छ । थप ९० हजार नदिनए परीक्षामा बस्न नदिने भन्दै कलेजले धम्की दिएपछि गुहार माग्दै विद्यार्थीहरु जिल्ला प्रशासन कार्यालय पुगेका छन् । प्रशासनको हस्तक्षेपपछि विद्यार्थीले परीक्षा दिन पाए, कापी जाच्ने शिक्षकले पास गराए, तर कलेजका सञ्चालकले विरोध गर्ने विद्यार्थीहरुलाई फेल गराए ।

आन्तरिक परीक्षामा फेल विद्यार्थीले विश्वविद्यालयको अन्तिम परीक्षा समेत दिन पाउँदैनन् । यस विषयमा ललितपुरका सिडियो प्रेमराज जोशीले भनेका छन्, ‘प्रहरीसहित कलेजमै गएर थप रकम नलिने निर्णय गरेका हौं, त्यहि कारण विद्यार्थी फेल गराएको भए कारबाही हुन्छ ।’ कलेजले विद्यार्थीलाई परीक्षाबाट वञ्चित गर्न सक्ने डर भएकोले उनीहरुको आन्तरिक परीक्षा पनि त्रिविले नै गराउनुपर्ने मेडिकल काउन्सिलका अध्यक्ष प्राध्यापक डाक्टर धर्मराज बास्कोटा बताउँछन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले हत्या गर्ने षड्यन्त्र गरेको बताउनुभएको समाचार अन्नपूर्ण पोस्ट् दैनिकले प्रकाशित गरेको छ ।

पछिल्लो चरण मेरो कार्यालयका सचिव भएर बसेका विप्लवहरुले म प्रचण्डलाई नै एक नम्बरमा राखेर मार्नुपर्ने भनेर माइन्युट गर्नुभएको छ रे । टिम खटाउनुभएको छ भन्ने सरकारका तर्फबाट मलाई सूचना दिइयो ,‘दाहालले भन्नुभयो, ‘के भएको होला साथीहरुलाई ? मलाई मारेर संघीय लोकतान्त्रिक गणतन्त्र बच्ने हो र ?

साथीहरूले नयाँ बाटो खोज्नुस्, प्रचण्डकै नक्कल गरेर प्रचण्ड बन्छु भन्ने सोच्नुभयो भने त्यो भ्रम हो । भ्रमले परिणाम दुभाग्यपूर्ण आउँने प्रचण्डको भनाई छ ।

त्यस्तै अन्नपुर्ण पोष्टमा नै इन्डोनेसियाको सोएकार्नो हत्ता विमानस्थलमा बोइङ ७३७ म्याक्स विमानको विस्तृत प्राविधिक अनुगमन गरिने भएको समाचार समेत छापिएको छ । इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ विमान गत अक्टोबरमा उड्नासाथ दुर्घटना भएको थियो ।

निर्मला पन्तको बलात्कार पछि हत्याको अनुसन्धानले नयाँ मोड लिएको समाचार राजधानी दैनिकले आफ्नो प्रमुख समाचार बनाएको छ । समाचारमा निर्मलाकी आमा दुर्गादेवी पन्तले बयान फेरेको उल्लेख छ ।

प्रहरीले हत्यामा संलग्न मुखय अभियुक्त पक्राउ गर्न अनुसन्धानलाई तिव्र बनाईरहँदा स्वयं निर्मलाकी आमाले नै बयान फेरेपछि प्रहरी अलमलमा परेको समाचार छ ।

‘विदेशी लगानीकर्तालाई एकल विन्दु सुविधा’ शीर्षकमा कारोबार दैनिकमा समाचार छ । त्यसैगरी आगामी वर्षको बजेट १५ प्रतिशतले बढ्ने खुलासा गर्दै कारोबारले पहिलो पृष्ठमा समाचार छापेको छ । वनक्षेत्रको विवादले सोलु कोरिडोर अनिश्चित भएको मसाचार लेखेको कारोबारले सवा २० अर्बको जलविद्युत् सेयर सर्वसाधारणलाइ दिन लागेको समाचार पनि पहिलो पृष्ठमा नै छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah