मेष – पारिवारीक झमेला निम्तिनेछ । अध्ययनमा सफलता मिल्ने एवम आम्दानीको योग राम्रो देखिन्छ । व्यवसायमा फाइदा एवं सांगीतिक क्षेत्रबाट प्रशंसा मिल्नेछ । यात्रामा खर्च, वादविवादमा वृद्धि एवं घुँडा गोडाको समस्या आउन सक्नेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा सुधार देखिन्छ ।

वृष – उत्साह थपिनेछ । चोटपटकको समस्या दोहोरिनेछ । बोलीले काम बिग्रिने एवं पारिवारिक तनाव रहनेछ । साताको मध्यमा स्वास्थ्यमा बाधा आउनेछ । अन्त्यमा भने अध्ययनमा प्रगति एवं राजनीतिक लाभ मिल्नेछ ।

मिथुन – धनको कारोबार बढ्नेछ । बोलीले प्रभाव पार्नेछ । जिम्मेवारी थपिने एवम पारिवारीक स्वास्थ्यमा भने समस्या आउनेछ । जग्गा जमिनबाट फाइदा मिल्नेछ । मिष्ठान्न भोजनको योग एवं सन्तानबाट सुख रहनेछ ।

कर्कट– यात्राको योग बन्नेछ । मनमा प्रशन्नता आउनेछ । धनको सहयोग बढ्ने एवम दाजुभाईबाट फाइदा मिल्नेछ । नोकरीमा प्रगति देखिन्छ । प्रमी प्रेमिकाबीच सम्बन्ध बढ्नेछ । अध्ययनमा भने कमजोरी एवं खर्चमा भने वृद्धि हुनेछ ।

सिंह– यात्रामा सास्ती मिल्नेछ । खर्चले तनाव गराउनेछ । आत्मप्रशंसा बढ्ने एवम राजनीतिक फाइदा मिल्नेछ । साताको मध्यमा अध्ययनमा प्रगति एवम काममा फाइदा मिल्नेछ । अन्त्यमा भने सम्पति प्राप्ति एवं भोजनको सुख मिल्नेछ ।

कन्या– आम्दानीले साथ दिनेछ । सोचेको कुरा पूरा हुनेछ । पेटको समस्या एवं जीवनसाथीसँग मनमुटाव रहनेछ । सवारी सुख प्राप्ति एवम मनोरञ्जनमा खर्च हुनेछ । वैदेशिक काममा फाइदा एवं रोजगारीमा अवसर मिल्नेछ ।

तुला– प्रशंसा मिल्नेछ । आम्दानी बढ्नेछ । जग्गाजमिनबाट फाइदा एवं बौद्धिक क्षमताले प्रशंसा मिल्नेछ । व्यापारमा फाइदा एवम अरुबाट सहयोग मिल्नेछ । हातमा समस्या आउन सक्नेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा बाधा, खर्चमा वृद्धि एवम मानसिक चोट पुग्नेछ ।

वृश्चिक– धर्ममा रुचि जानेछ । राजनीतिक लाभ मिल्नेछ । सञ्चित धन बढ्ने एवं घरायसी कारोबारबाट फाइदा मिल्नेछ । पेटको समस्या एवम सन्तानको स्वास्थ्यमा बाधा आउनेछ । शत्रुसँग विजय एवं आम्दानीले राम्रो साथ दिनेछ ।

धनु – मनमा भय उत्पन्न हुनेछ । चिसोले बाधा उत्पन्न गर्नेछ । धार्मिक यात्रा एवं अधुरा कार्य पूरा हुनेछ । शरीरमा विसञ्चो एवम मनमा अशान्ति रहनेछ । स्त्री पक्षबाट फाइदा एवम भेटघाटमा रमाइनेछ । साताको अन्त्यमा भने राजनीतिक लाभ र प्रशंसा मिल्नेछ ।

मकर – यात्राको योग एवम साझेदारीबाट फाइदा मिल्नेछ । मनोरञ्जनमा खर्च हुने, पारिवारीक भेटघाट हुने अवसर मिल्नेछ । साताको मध्यमा भने अचानक बाधा, आलोचनाको भय एवं अपमानित हुनुपर्नेछ । सांगीतिक क्षेत्रबाट भने प्रशंसा मिल्ने तर अनावश्यक खर्च बढ्नेछ । सवारी साधनबाट भए एवं लामो यात्राको योग बन्नेछ ।

कुम्भ – विपक्षीसँग मेलमिलाप हुनेछ । स्वास्थ्यमा सुधार एवम राम्रो काममा लगानी हुनेछ । दाजुभाईबाट सहयोग बढ्नेछ । सन्तानको चिन्ता थपिने एवम व्यवसायिक रुपमा झमेला आउनेछ । साताको अन्त्यमा भने नोकरीमा तनाव एवम धनको कारोबारमा विवाद आउनेछ ।

मीन – अध्ययनमा रुचि जानेछ । आम्दानी राम्रो हुनेछ । स्वास्थ्यमा भने समस्या, शीर दर्द देखिन्छ । पाचनशक्तिमा गडबडी देखिएको छ । भूमिबाट फाइदा एवम राजनीतिक लाभ मिल्नेछ । मुद्दामामिला किनारा लाग्ने एवं ईष्टमित्रबाट सहयोग पाइनेछ ।

प्रस्तुतिः ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्कः ९८५१०७१५७४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah