काठमाडौ । यो संसारमा मानिसहरु किर्तिमानी राख्नको लागी जे गर्न पनि तयार हुन्छन् । किनभने जब उनीहरुले कुनै अनौठो काम गरेर किर्तिमानी राख्छन् , त्यसपछि एकाएक चर्चाको शिखरमा पुग्छन् । त्यस्तै आज हामी तपाईहरुलाई पुरै शरिरमा टाटु खोपेर किर्तिमानी राखेकी एक युवतीको बारेमा कुरा गदै छौ । हेर्नुस् को हुन् ती युवती ?

उनी भारतको मुम्बईमा बस्ने तेजस्वी प्रभुलकर हुन् । उनी अहिले २१ वर्षकी भइन् । अहिले कलेज पढदै गरेकी उनको शरिरमा सायदै टाटु नखोपेको ठाँउ छैन् होला । उनले १७ वर्षकी हुँदादेखि शरिरमा टाटु खोप्न सुरु गरेकी थिइन् । अहिले ४ वर्षको अन्तरालमा उनको शरिरमा १ सय ३ वटा टाटु बनाएर किर्तिमानी कायम गरेकी छिन् । उनको अनुसार आफ्नो शरीरमा बनाइएका हरेक टाटुको भिन्न भिन्न अर्थ रहेको , जसले आफ्नो जिवनमा खास अर्थ राख्ने बताइन् ।
अहिले उनले शरिरमा टाटु बनाउनुलाई आफ्नो पेशा नै बनाउदै अरुको शरिरमा टाटु खोपाइदिने टाटु आर्टिस्ट तथा मोडेलको पेशा गर्दै आएकी छिन् ।तर यो कुरा उनको बाबु आमाले मन पराएका छैनन् ।



