काठमाण्डु, ८ चैत – एउटा सामान्य नेपाली कुकुर सात हजार मिटर उचाइको वरुणत्से हिमालको चुचुरोमा पूग सफल भएको छ । ‘मेरा’ नाम गरेको उक्त कुकुरले हिमाल ओरोहीका साथमा रहेर उक्त रेकर्ड राख्न सफल भएको हो । वरुणत्से नजिकैबाट आरोहीहरूको पछि लागेको यो कुकुर बिनासुरक्षा सामग्री चुचुरोसम्म पुगेको आरोहीहरूले बताएका छन् ।

वरूणत्से आरोहण गर्न आएका विदेशी पर्यटकमध्ये डन वार्गोस्गीले उक्त कुकुरबारे ब्लग लेखेपछि यो खबर सार्वजनिक भएको हो । अमेरिकाको सियाटलका डनकाअनुसार मेरालाई बाटोमा आवश्यक ठाउँमा जीप लाइन लगाउनुबाहेक अरू कुनै सहयोग गर्नुपरेन ।

ऊ आफ्नै बलबुतामा चुचुरोसम्म पुगेको डनले लेखेका छन् । मेरापिक आसपास भेटिएकाले आरोहीहरूले नै ‘मेरा’ नाम राखिदिएका थिए । डनले विभिन्न सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार पोथी कुकुर मेरा तिब्बत र नेपालकै हिमाली भेगमा भेडाको सुरक्षा गर्ने हिमाली जातको हो । बिना सहायता हिमाल चढ्ने मिरा संम्भवत पहिलो कुकुर भएको दाबी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah