मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला,नगद सापटी लिएका साथीहरूले समयमै ऋण नतिर्दा आर्थिक झन्झट आइलाग्न सक्छ,सवारी साधन चलाउँदा संयमित रहनुहोला,आजको शुभ अंक ६ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बिग्रन लागेका कतिपय सम्बन्धलाई भरथेग गर्न सहयोग गर्नेछ, कूटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ, सम्झना लायक कार्य सम्पन्न गर्न ठूलाबडाको सहयोग तथा आशीर्वादको आवश्यकता पर्नेछ,आजको शुभ अंक ११ रहेको छ ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
रोजगारीको क्षेत्रमा ढिलै अवसर हात लागे पनि सही मार्ग पहिल्याइनेछ,सचेत रहनुहोला,व्यापारमा अवरोध आउने, गोपनीयतामा ध्यान दिनुहोला,समस्याहरू धेरै आउनेछन्, मानसिक तनाव उच्च विन्दुमा पुग्ने छ,आजको शुभ अंक १ रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ, योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ, कार्यव्यस्तताका कारण भ्रमण एवं मनोरञ्जनका निम्ति समय निकाल्न धौ–धौ पर्नेछ,आलश्य पनि दूर हुनेछ,आजको शुभ अंक ३ रहेको छ ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
विश्वास गुम्ने सम्भावना छ,जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन्,प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला,यात्रामा अवरोध हुने,आजको शुभ अंक ९ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
नोकारीमा समस्या आउनेछ, स्थानान्तरण हुने,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,आजको शुभ अंक ७ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
सामूहिक लगानीमा गरिएको व्यवसायले लाभ दिलाउनेछ, आवश्यक सामग्री किनमेल गर्दा विशेष सावधानी अपनाउनु होला,सामाजिक सञ्जालमार्फत प्राप्त सुझाव अनुसरण गर्दा थप उचाइमा पुगिने सम्भावना छ,आजको शुभ अंक १२ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
कार्य व्यस्तताका कारण घरपरिवारमा खटपट हुन सक्छ,जसलाई निर्मूल गर्न घरपरिवारमा समय खर्चिनुपर्ने हुन्छ,पति–पत्नीमा राम्रो सम्वन्ध नहुने भएकाले मन उदास रहनेछ, बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,आजको शुभ अंक ८ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
नयाँ कार्य सम्पन्न गर्न थप मेहनत आवश्यक देखिन्छ,मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ, गोपनीयतामा ध्यान दिनुहोला,कुनै पनि काममा प्रतिस्पर्धा गर्दा राम्रो परिणाम हात पार्न सकिनेछ,आजको शुभ अंक ५ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सामाजिक क्षेत्रमा नेतृत्वदायक भूमिका निर्वाह गर्ने अवसर प्राप्त हुनसक्छ,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ,आजको शुभ अंक १० रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
झुटा आरोप पनि लाग्नेछन्, आफन्त बीच अविश्वास बढ्ला, खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्नेछ,कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ, प्रशंसा गर्नेहरू भित्रभित्रै आलोचना गर्न थाल्नेछन्,आजको शुभ अंक ८ रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समस्या समाधान गर्न नयाँ रणनीति आवश्यक देखिन्छ,मित्रता गाँस्नेहरूले सताउन सक्छ,प्रेमी–प्रेमिकाबीच देखापरेको धमिलो सम्बन्धलाई मन मिल्ने साथीले दोहोरो भूमिका निर्वाह गरी प्रणयसूत्रमा परिणत गरिदिने सम्भावना छ,आजको शुभ अंक ५ रहेको छ। दिब्य ज्योतिष बाट



