काठमाडौँ । हरेक व्यक्तिको चाहना हुन्छ आफ्नो दिनचार्य खुसी र सुखी साथ बितोस् । तर भाग्यवश सबैको दिन भोगाइ एउटै हुँदैन् । सबैको भोगाई र पिडा फरक फरक हुने गर्छ । यदि तपाई सबल व्यक्ति हुनुभएर पनि आफ्नो दिनलाई खराब रहेको सोचिहरनु भएको छ भने विश्वका केही मानिसको बारेमा थाहा पाउनुहोस् जसको बारेमा थाहा पाएपछि तपाईले आफुलाई संसारकै भाग्यमानी सोच्नुहुनेछ ।

१. डेडे कोस्वाराः डेडे कोस्वारा जन्मदा स्वस्थ नै जन्मेका उनी १० वर्षको उमेरमा जंगल जाँदा चोट लाग्यो । लडेर लागेको चोटमा मुसो जस्तो बनेर पलाएको मासु बिस्तारै बढ्दै गयो । शरिरभरि रुखको बोक्रा जस्तै बनेर फैलियो । उनी हिड्डुल गर्न पनि सक्दैन र उनको रुप समेत कुरुप भएको छ ।

२.जोन लाइनः ब्रिटेनका ४५ वर्षिय जोन बच्चा हुँदा घोडाको बग्गीबाट लडेका थिए । त्यसपछि उनी रुखबाट लडे । हात भाँचे उपचार गरेर फर्कदा उनी चढेको बस नै दुर्घटना भयो । त्यही हात अर्को ठाउँमा भाँचियो । त्यसपछि उनी काम गर्दा गर्दै म्यानहोलबाट खसे ।

३.रोय सुलिभानः रोयले सुलिभानसँग धेरै पटक चट्याङ लाग्दा पनि बाँचेर गिनिज बुकमा नाम राखेका छन् । १९४२ देखि सन् १९७७ सम्म ७ पटक ठूला ठूला झट्का लाग्दा पनि उनी बाच्न सफल भएका थिए । त्यसपछि उनको उपनाम ‘ह्युम्यान लाइटेनिङ रड’ राखियो ।

४.हेनरी जिग्ल्याण्डः उनले आफ्नो प्रेमीकाले छोडेपछि प्रेमीकाले आत्माहत्या गरिन् । तर प्रेमीकाको दाइले बदला लिन गोली हाने । तर गोल िहेनरीलाई नलागी रुखलाई लाग्यो तर उनको दाईले हेनरी मर्यो भनेर आफैलाई गोली हानेर ज्यान लिए । त्यो घटना भएको धेरैपछि रुख काट्ने योजना बनाएर रुख काट्न गए तर रुखमा अड्केर रहेको गोली टाउकोमा लागेर उनको मृत्यु भयो ।

५.कोस्टिस मित्सोटाकिसः स्पेनको सोडेटो नगरका सबैले ९५० मिलियन पुरस्कार भएको ठूलो क्रिसमस चिठ्ठा किने । कोस्टिस मित्सोटाकिस बाहेक सोडेटो नगरका ७० परिवारका सबैले केही न केही पुरस्रका पाए तर उनले पाउन सकेनन् ।

६.एरिक नोरीः नोरी सन् २०१३ बाहामासमा माछा मारिरहेका सथिए । त्यसबेला उनलाई सार्कले पछाडीबाट आक्रमण गर्यो । तर यो बेला उनलाई ससुराले बचाए । तर योभन्दा अगाडी पनि चट्याङ लागेको थियो र विषालु सर्पले पनि केको थियो ।

७. जोन वेडः उनलाई फोन गरिरहेको बेला चट्याण् लागेको थियो । ट्याक्सी चलाइरहेको बेला लुटेराहरुले कन्चटमा गोली ताकेर लुटे । त्युपछि उनमाथि चक्कु प्रहार भयो । दुईवटा सर्पले एकैपटक डसे ।

८.मेलेनी मार्टिनेजलःउनी ५० वर्षको हुँदा आएको आँधी को कारण ५ वटा घर एकैपटक गुमाइन् । तर एक एक रियालिटी सोले नयाँ घर बनाइदियो । यद्यपी घर बनाएको केही समय नबित्दै आइज्याकनाको हुरीकेनले नयाँ घर समेत सबैथोक उडाएर लग्यो ।

९. भायोलेट जोसेफः ओल्म्पिक नामको पानी जहाजमा परिचारीका रहेकी जोसेफको पानी जहाजसँग अर्को पानी जहाज ठोक्किएर दुर्घटना भयो । भयानक दुर्घटनाबाट बाचन सफल रहेकी उनली प्रथम विश्वयुद्धको समयमा पानी जहाजमा काम गरिन् त्यो पनि डुब्यो । उनी फेरि लाइफलाइनको मद्दतले बाँच्न सफल भइन् । सन् १९७१ मा उनको मृत्यु भयो र समुन्द्रमा नै गाडियो ।

१०.सुतोमु यामागुची : कामको सिलसिलामा हिरोसिमा गएका उनी त्यहा गएको समय अमेरिकीहरुले ‘लिटिल ब्वाइ’नामको आणविक बम खसाले । उक्त विीफोटबाट कानको जाली फुट्यो । केही समयको लागि अन्धो बने । नागासाकीमा आएर उनले उपचार गरे । नागासाकीमा पनि अमेरिकीहरुले अर्को आणविक बम ‘फ्याट म्यान’ बम खसाले । यो समयमा उनलाई केही भएन् । त्यसपछि सन् २०१० मा क्यान्सरको कारण मृत्यु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah