काठमाडौं । दिनको सुरुवातले हाम्रो दिनभरको स्वास्थ्यलाई प्रभाव पार्छ । यदि दिनको सुरुवात सही भयो भने दिनभर फुर्ती आउँछ । बिहान उठ्नेबित्तिकै गरिने केही कामले हामीलाई स्वस्थ बनाउँछ । तर केही यस्ता बानहिरु पनि छन् जसले हामीलाई बिरामी पनि बनाउन सक्छन् । हामीले ती कामहरुको बारेमा जान्नु उचित हुन्छ जसले हामीलाई फाइदा वा नोक्सान गर्छन् । अहिले केही यस्ता कामहरुको बारेमा चर्चा गरौं जो बिहान उठ्नेबित्तैकै गरेका हामे स्वास्थ्यलाई हानी हुन्छ ।
१. धुम्रपान गर्नुः धुम्रपान जुनसुकै बेला गरे पनि स्वास्थ्यको लागि हानीकारक नै हुन्छ । त्यसमाथि बिहान उठ्नेबित्तिकै धुम्रपान गर्नु धेरै खतरनाक हुन्छ । यसबाट क्यान्सर हुने सम्भावना धेरै बढी हुन्छ ।
२. झगडा गर्नुः दिनको सुरुवात सकारातमक हुनुपर्छ । बिहान उठ्नेबित्तिकै कसैसँग विवाद गर्नु सही होइन । यसले दिनभर तपाइँ तनावग्रस्त रहनुहुन्छ र तपाइँले आफ्नो पूरा क्षमताले काम गर्न सक्न्ुहुन्न ।
३. मसलायुक्त खानेकुरा खानुः बिहानको समयमा मसलायुक्त खानेकुरा खानु हुँदैन । बिहानको समयमा जति हल्का र पौष्टिक खाना खान सक्यो त्यति राम्रो हुन्छ ।
४. कफी पिउनुः धेरैको बिहानै कफी पिउने बानी हुन्छ। तर उठ्नेबित्तिकै कफी पिउनु उचित होइन । बिहानै कफी पिउँदा यसले कार्टिसोल बढाउँछ। यो तत्वले मेटाबलिज्ममा सक्रिय भूमिका निभाउँछ। अतः कफी काम सुरु गरिसकेपछि पिउनु उचित हुन्छ ।
५. जतासुकै पल्टिनुः केहीलाई बिहानै उठ्न मन लाग्दैन। केहीको उठिसकेपछि पनि यताउती पल्टिने बानी हुन्छ । यस्तो बानीले निद्रा पूरा भइसकेपछि पनि फ्रेस हुन दिँदैन।



