एजेन्सी– ब्रुनाइका केही लक्जरी होटलहरु सामाजिक सन्जालबाट गायब भएका छन् । केही दिनअघि ब्रुनाइमा ल्याइएको नयाँ कानुनका कारण ब्रुनाइको विश्वभरबाट कडा आलोचना भएको थियो । ब्रुनाइले समलिङ्गी सम्बन्ध राख्नेहरुलाई ढुङ्गाले हानेर हत्या गर्ने कानुन बनाएको छ ।

यो कानुन आएसँगै विश्वभरबाट सेलेब्रिटीहरुले समेत ब्रुनाइका होटलहरु बहिस्कार गर्ने अभियान सामाजिक सन्जालमा चलाएका थिए । सामाजिक सन्जालमा अत्यन्त धेरै आलोचना हुन थालेपछि ब्रुनाइका होटलहरुका फेसबुक पेज अहिले देखिन छाडेका छन् ।

अमेरिकी कार्यक्रम प्रस्तोता इलेन डिजिनिरिसले ट्विटमा ब्रुनाइका नौ होटलको नाम सेयर गर्दै ती होटल बहिस्कार गर्न अपिल गरेका थिए । अब ती नौ होटलहरु नै फेसबुकमा देखिन छाडेका छन् ।

फेसबुकमा मात्र होइन, इलेनले नाम लिएका यी होटलहरु ट्विटरमा पनि भेटिन छाडेका छन् । त्यस्तै इन्स्टाग्राममा पनि यी होटलका पेजहरु भेटिन छाडेका छन् ।

बिबिसीमा आएको रिपोर्टअनुसार होटलहरुले अत्यन्त धेरै आलोचना हुन थालेपछि फेसबुक पेजहरु तत्कालका लागि डिएक्टिभेट गरेका हुनसक्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah