मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- विशिष्ट तथा उच्च पदश्थ व्यात्तिहरुको संगतले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सफल होईनेछ । निर्णायक तहमा पुगिने तथा निर्णय क्षमतामा बृद्धि भएर जानेछ । तपाईको कार्य शैलि सबैले मन पराउँने हुँदा समाजमा नाम तथा दाम दुवै कमाउँन सकिनेछ । तपाईको बौद्धिक क्षमतालाई सबैले सम्मान गर्ने तथा अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । अध्ययन तथा अनुशन्धानमा समय दिनेहरुले सफलताका सिडिहरु चुम्नेछन् । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ ठाउँमा लगानि गर्ने बाताबरण बन्नेछ । नयाँ काम पाउँने प्रवल सम्भावना रहेकोछ भने नोकरिमा बढुवा हुँनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- खोज तथा अनुशन्धानमा सकारात्मक नतिजा हात लाग्ने हुँदा अध्ययनमा मन जानेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै आँखा अगाडि देख्न पाउँदा मन प्रफुल्लित हुँनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ । आम्दानिका स्रोत पहिल्याउँन सकिनेछ भने आयस्रोतका बाटाहरु फराकिला हुँनेछन् । भौतिक सम्पतिको परिचालन गरि मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईनेछ भने सरकारि स्थरमा तपाईको पहुच बढ्नेछ । साताको सुरु अर्थात सोमबार दिउसो सम्मको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । तापनि बिदेशी सामानको खरिद बिक्रिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने विदेश यात्राको गतिलो योग रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले नोकरि तथा राजनितिमा गरिने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि उत्कृष्ट नतिजा ल्याउँन सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ भने थाति रहेका कामहरुलाई गति दिन सकिनेछ । माया प्रेममा रमाउँन चाहनेहरु एक अर्कालाई बिश्वास गरि अगाडि बढ्न सक्नेछन् । जीवनसाथी सँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने यात्रामा क्रममा मनमोहक दृष्यहरु कैद गर्न सकिनेछ । भौतिक सम्पति तथा मानव निर्मित बस्तुहरु हात लाग्नेछ । सोमबार साझबाट बुधबार बेलुकी सम्मको समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । अग्रज तथा आफन्त सँग मनमुटाब सिर्जना हुनेछ । तरपनि लामो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- व्यापार व्यावसायमा लगानि गरि भनेजस्तो आम्दानि गर्न सकिनेछ । बिवादित बिषयहरु ह्ल भएर जाने तथा पुराना समस्याअरु केहि भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ । समाजिक काम गर्ने वाताबरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेकोछ । राजनिति तथा समाजसेवामा सम्मान पाईने योग रहेकोछ । बिहिबारबाट समय मध्ययम रहेकोले आफ्नै कमजोरीले विवाद तथा प्रतिष्पर्धामा अरुभन्दा पछि परिनेछ । शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुख पाईनेछ । न्याय संगत काम नगर्दा दण्ड तथा जरिवाना हुने योग रहेकोछ । लामो दुरिको बिदेश यात्राको गतिलो योग रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- समाजसेवामा समय व्यातित हुँनेछ भने राज्यबाट पद प्राप्तीको योग रहेकोछ । ईमान्दार तथा परिश्रमी भएर जीवनशैलिमा परिवर्तन ल्याउँन सकिनेछ । प्रेम तथा मित्रताको गाठो कसिलो हुँनुका साथै घर परिवारमा आफन्तसँगको सम्बन्ध थप प्रगाड बनाउँन सकिनेछ । पढाई लेखाईमा थोरै समय दिदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिने हुँदा मन प्रशन्न रहनेछ । धर्म तथा अध्यात्म जस्ता क्षेत्रमा रुचि बढ्नेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा बलियो उपश्थिति रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने व्यापारकै सवालमा देश बिदेशको यात्रा हुनेछ । प्रशासनि क्षेत्रमा गतिलो तथा सम्मानजनक उपश्थिति रहनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) :- सोमबार दिउसोसम्मको समय मध्यमय रहेकोले दिदिबहिनी तथा आफन्त सँग मनमुटाव सिर्जना हुँने सम्भावना रहेकोछ ध्यान दिनुहोला । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । सोमबार साझबाट समय राम्रो रहेकोले आफन्त तथा मन पर्ने साथिका साथ छोटो,रमाईलो तथा अर्थपुर्ण यात्रा हुने हुँनाले मन प्रशन्न रहनेछ । खोज तथा अनुशन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निस्कने हुँनाले अध्ययन अध्यापनमा मन जानेछ । राजनिति तथा समाजसेवामा जनतको काम गर्न सकिने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मन प्रशन्न हुनेछ । पढ्ने लेख्ने काममा थोरै समय दिएपनि भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले पारिवारिक माहोलमा जभघट भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने जीवन साथिको सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाका साथ अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । समाजमा राम्रा काम गरि नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । लामो दुरिको व्यापारिक यात्राको तय गर्न सकिनेछ । लगनशिलता तथा ईमान्दारिताले दैनिकी परिवर्तन गर्न सकिनेछ । पढाई लेखाईमा सफलता प्राप्त गर्न सकिनेछ । सोमबार साझबाट बुधबार बेलुकी सम्मको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त सँग विवाद हुने योग रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- प्रतिश्पर्धिको मनोबल गिराउँदै उपलब्धि हात पार्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । स्वास्थमा सुधार भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँदै लान सकिनेछ । ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । आर्थिक तथा बौद्धिक क्षेत्रमा तपाईको गतिलो उपस्थितिले मान तथा सम्मान दिलाउँनेछ । माया प्रेममा बिश्वासको बाताबरण थप मजभुत हुँनेछ भने घर परिवारमा एक अर्काबिच आत्मियताको भाव झल्कनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् भने बिवादमा तपाईको निर्णय सबैलाई मान्य हुँनेछ । बिहिबारबाट समय मध्ययम रहेकोले यात्रा गर्दा वा बिलाशी बस्तुका प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- सम्मानित काम गरेर चर्चा बटुल्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जाने योग रहेकोछ । महत्वपुर्ण जिम्मेवारि सम्पादनको गर्ने जिम्मा तपाईको काधमा आउनेछ भने शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँनेछ । मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । माया प्रेम तथा पति पत्निबिच मायामा बिश्वासको बाताबरण बढेर जानेछ । मिष्टान्न भोजन,उत्तम वस्त्र तथा उपाहार हात लाग्ने योग रहेकोछ । प्रेममा सुमधुरता बढेर जाने तथा पति पत्निबिच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- हप्ताको सुरु अर्थात सोमबार दिउसो सम्मको समय मध्यमय रहेकोले अन्तको समय राम्रो रहेकोले स्वास्थ्यमा समस्या आईपर्ने हुँदा खर्च बड्ने तथा मन चिन्तित हुनेछ । घर परिवार तथा आमासँग अनाबस्यक बिवादमा परिनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना तिर्नु पर्ला । सोमबार साझबाट आर्थिक रुपमा सवल हुँनका लागि थालिएका कामहरुबाट मनग्गे लाभ हुँनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने आफन्तहरु सँगको सम्बन्धमा प्रगाडता थपिनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु आफै किनारा लाग्नेछन् । कुनै पनि विवाद तथा प्रतिष्पर्धामा अरुभन्दा एक कदम अगाढि बढ्न सकिनेछ । सत्रु परास्त तथा पुरानो रोगबाट उन्मुक्ति पाईनेछ । पछि लाभहुने काम सुरु गर्न सकिनेछ । खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ भने कार्यक्षेत्रमा तपाईको कामको उच्च मुल्याङन हुँनेछ । बिद्यार्थि वर्गहरुले थोरै मेहनेत गर्दा पनि उत्कृष्ट नतिजा हात पार्नेछन् । गित संगित तथा मोडलिङ क्षेत्रमा ध्यान जानेछ । जस्तोसुकै व्यापार व्यावसायमा लगानि गर्दापनि भनेजस्तो आम्दानि हुँने हुँनाले थप लगानि गर्न आट आउँनेछ । दाजुभाई तथा छिमेकीको सहयोगले राम्रा काम गर्न सकिनेछ । सोमबार साझबाट बुधबार बेलुकीसम्मको समय मध्ययम रहेकोले स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति खर्च हुँन सक्छ ध्यान दिनुहोला । सवारी साधन चलाउँदा वा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- समाजमा राम्रा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । बन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने मन प्रशन्न हुनेछ । नयाँ प्रबृधिको प्रयोग मार्फत आम्दानि बढाउँन सकिनेछ । राजनितिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तीको योग रहेकोछ । परिवारका साथ रहेर मिठो मसिनो भोजन गर्ने अवसर जुर्नेछ । दाजुभाईका साथ छोटो दुरिको रमाईलो यात्राको तय गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् । बिहिबारबाट समय मध्ययम रहेकोले बिरोधीहरुको सक्रियता बढ्ने हुदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । अनाबश्यक टिका टिप्पणीमा समय व्यातित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । तापनि कृषि तथा पशुपालन व्यावसायबाट लाभ उठाउँन सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah