काठमाडौं, ९ असोज । सरकारले दसैंमा बजार अनुगमन गर्न १५ वटा विशेष टोली परिचालन गर्ने भएको छ । यसमध्ये ९ वटा थोली परिचालन भइसकेका छन् । दसैंको समयमा खरिदबिक्रीको चाप बढ्ने र गुणस्तरहीन दैनिक उपभोग्य वस्तु पनि बिक्री हुने भएकाले त्यसलाई नियन्त्रण गर्न विशेष अनुगमन टोली परिचालन गरिएको आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, आपूर्ति व्यवस्थापन तथा उपोक्ता हित संरक्षण विभाग, केन्द्रीय पशु क्वारेन्टाइन कार्यालय, भेटेरिनरी जनस्वास्थ्य कार्यालय र काठमाडौं महानगरपालिकाले विज्ञसहितको टोली गठन गरी परिचालन गरेका हुन् ।

खाद्य प्रविधि तथा गुणनियन्त्रण विभाग र आपूर्ति विभागले यस्तो विशिष्ट टोली परिचालन गरिसकेका छन् ।

पशु क्वारेन्टाइन कार्यालय, भेटेरिनरी जनस्वास्थ्य कार्यालय र काठमाडौं महानगरपालिकाले घटस्थापनादेखि नवमीसम्म विशेष अनुगमन गर्नेछन् । खाद्य विभागका महानिर्देशक संजिवकुमार कर्णका अनुसार खाद्य विभागले बुधबारदेखि चारवटा क्षेत्रमा अनुगमन टोली परिचालन गरेको छ । विभागले राजमार्ग, होटेल तथा रेस्टुराँ, सुपर मार्केट, थोक बिक्रेतालगायतमा यो टोली परिचालन गरेको हो ।

यसैगरी तेल, मसला, उखेग, मिठाई, पेयजन्य पदार्थ, प्रशोधन गरिएको मासु र खुद्रा पसलको पनि यो टोलीले अनुगमन गर्नेछ । खाद्य निरीक्षक र उपसचिव स्तरका अधिकारीको नेतृत्वमा प्रत्येक टोलीमा ६ जनालाई सहभागी गराइएको छ । व्यापारीले कालोबजारी गरेको पाइएमा खाद्य ऐनअनुसार तत्कालै कारबाही गरिने विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah