२४ फागुन– उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र एवं माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सचिव दिपेश पुनले सप्तरी घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुलाई हटाइएकामा आपत्ति जनाएका छन् । पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत सप्तरी घटनामा सरकार र राजनीति दलले प्रहरीलाई दोष दिएर उम्कन खोजेको भन्दै आपत्ति जनाएका हुन् । उनले घटना छानबिनका नाममा प्रहरीमाथि कारबाही गर्दा प्रहरीको मनोबल घट्ने र मुलुकको शान्ति सुरक्षामा खलल पुग्ने विचार व्यक्त गरेका छन् । उनले प्रहरीले नरोकेको भए सप्तरीमा टिकापुर र गौरजस्तै भयावह घटना हुने थियो भन्दै त्यसबारे कसैले नसोचेको उल्लेख गरेका छन् । तर, उनले सूचनाको स्रोत खुलाएका छैनन् ।

पुनले एमालेजस्तो ज़िम्मेवार पार्टी ,सरकार र मोर्चा त्यस्तो घटना हुन्छ भन्ने पहिल्यै जानकार हुँदाहुँदै के हेरेर बसेको भन्ने प्रशन समेत गरेका छन् ।

‘सप्तरी घटनामा प्रहरीलाई दोष दिएर सरकार र राजनैतिक पार्टीहरु फेरी घटना छानविनको नाममा प्रहरीलाई कार्वाही गर्ने नाटक गर्ने हो भने यो देशमा प्रहरीले के मनोबलले शान्ति सुरक्षा कायम गर्छ ? यदि हिजो प्रहरीले मोर्चालाई नरोकेको भए घटना टिकापुर र गौरभन्दा पनि भयावह हुनेथियो । यतातिर कसैले सोच्न सकेको छ ? एमाले जस्तो ज़िम्मेवार पार्टी ,सरकार र मोर्चा यस्तो घटना हुन्छ भन्ने पहिल्यै थाहा हुँदाहुँदै के हरेर बसेको त ?’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah