आजको- पञ्चाङ्ग: वि.सं. २०७६ साल वैशाख ५ गते,बिहीबार,इश्वी सन् २०१९ अप्रिल १८ तारिख, शकसंवत् १९४१,परिधावी संवत्सर,उत्तरायण,वसन्त ऋतु, नेपाल संवत् ११३९ चौलाथ्व, चैत्र शुक्लपक्ष,तिथि– चतुर्दशी, १८:५५ बजेउप्रान्त पूर्णिमा,नक्षत्र– हस्त, २१:११ बजेउप्रान्त चित्रा, योग– व्याघात, १४:३८ बजेउप्रान्त हर्षण, करण– गर, ७:५६ बजेदेखि वणिज, १८:५५ बजेउप्रान्त भद्रा,आनन्दादिमा राक्षस योग,चन्द्रराशि– कन्या, सूर्योदय– ५:३९ बजे, सूर्यास्त– १८:२९ बजे र दिनमान ३२ घडी ०६ पला। भक्तपुरमा भैरव–भद्रकाली रथयात्रा।

भोलिको- पञ्चाङ्ग:वि.सं. २०७६ साल वैशाख ६ गते,शुक्रबार,इश्वी सन् २०१९ अप्रिल १९ तारिख, शकसंवत् १९४१,परिधावी संवत्सर,उत्तरायण, वसन्त ऋतु,नेपाल संवत् ११३९ चौलाथ्व, चैत्र शुक्लपक्ष, तिथि– पूर्णिमा, १७:०५ बजेउप्रान्त प्रतिपदा, नक्षत्र– चित्रा, २०:०८ बजेउप्रान्त स्वाती,योग– हर्षण, १२:०० बजेउप्रान्त वज्र, करण– भद्रा, ५:५७ बजेदेखि वव, १७:०५ बजेपछि वालव, २८:१७ बजेउप्रान्त कौलव,आनन्दादिमा मुसल योग, चन्द्रराशि– कन्या, ८:२७ बजेउप्रान्त तुला, सूर्योदय– ५:३८ बजे, सूर्यास्त– १८:३० बजे र दिनमान ३२ घडी १० पला।व्रत/पर्व पूर्णिमा व्रत,मन्वादि,देवीयात्रा,हनुमान जयन्ती। वैशाखस्नान आरम्भ,बालाजुस्थित बाइसधारा मेला,लमजुङस्थित यलुङपोखरी मेला,ल्हुतिपुन्ही, ल्हुतिस्नान, बौद्ध तेमाल जात्रा,बैतडीको गुजर, बनारसी मन्दिरमा कोटिहोम मेला समाप्ति।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)-पढाइलेखाइमा प्रगति हुनेछ,सरकारी कडिकडाउको सिकार भइनेछ,गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ,अपराह्नदेखि आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्,आजको शुभ अंक ३ रहेको छ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ, मन बलियो भएकोले अरुको विश्वास जित्न सकिनेछ,सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्नेछ,आजको शुभ अंक ७ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ, रमाइलो भ्रमण सम्भावना छ,शरीरमा आरोग्य र स्फूर्ति बढ्नेछ,चिताएको काम समेत सम्पादन हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)-चोटपटक लाग्ने, अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ, पारमा विशेष लाभ लिने समय छ,व्यावसायिक यात्रा सम्भावना छ,विभिन्न भौतिक साधन जुट्नेछन्,आजको शुभ अंक १० रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –प्रतिस्पर्धामा पनि विजयी भइनेछ,ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्,संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ, शत्रुहरू किनारा लाग्नेछन्,आजको शुभ अंक १२ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –अस्वस्थ भइने र सानातिना समस्यामै अल्झिनुपर्ने समस्या आउला,रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ,उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ,आजको शुभ अंक ८ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,आँटले काम लिन नसक्दा पछि परिनेछ,योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्, आजको शुभ अंक ५ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)=विभिन्न सहयोग र उपहार पाइनेछ,महत्वपूर्ण काम बन्नाले हिम्मत बढ्नेछ,प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ,आजको शुभ अंक ६ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–विशिष्ट व्यक्तित्वसँग सहकार्य गर्ने मौका छ,नयाँ काम गर्ने मौका छ,आम्दानी प्रशस्तै बढ्नेछ,नयाँ सवारी साधन प्राप्तिको योग छ, आतिथ्यपूर्ण सम्मान पाइएला,आजको शुभ अंक ११ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –सरसफाइ तथा सजावट सम्बन्धी काममा आकर्षित भइनेछ, टाढिएका साथीभाइ नजिकिनेछन्,पारिवारिक भेटघाटको समय छ,घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ,आजको शुभ अंक १ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ, लामो यात्राको प्रक्रिया अघि बढ्नेछ,भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ,आजको शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)-आतिथ्यपूर्ण सम्मान पाइएला,दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,धार्मिक तथा सेवामूलक क्रियाकलापमा मन जाला, रचनात्मक काम सुरु गर्ने मौका छ,आजको शुभ अंक ९ रहेको छ। दिब्यज्योतिस बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah