सुर्खेत। यही वैशाख १२ गतेदेखि वीरेन्द्रनगरमा शुरु हुने दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग ९केपिएल–टू० को विजेता टोलीले पाँच लाख राशिको पुरस्कार पाउने भएको छ।आयोजक कर्णाली क्रिकेट एकेडेमीले बुधबार पत्रकार सम्मेलनमार्फत पुरस्कार राशि, मुख्य प्रायोजक र टोली कप्तानको नाम सार्वजनिक गरेको हो। लिग उपविजेताले दुई लाख र सर्वोत्कृष्ट खेलाडीले ५० हजार हात पार्नेछ। उत्कृष्ट बलर र ब्याट्सम्यानले समान रु २०÷२० हजार पाउँदा प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले तीन हजार ५०० हात पार्ने आयोजकले जनाएको छ।

 

प्रतियोगी आठ टोलीका कप्तानको नाम सार्वजनिक गरिएको छ। विनोद भण्डारीको कप्तानीमा नेपाल आर्मी रहनेछ भने मञ्जित श्रेष्ठको कप्तानीमा नेपाल पुलिस क्लब रहँदा सशस्त्र प्रहरीको एपिएफको कप्तानी वसन्त रेग्मीले सम्हाल्नुहुनेछ। त्यस्तै, रवीन्द्रजङ्ग शाहीको कप्तानीमा कर्णाली–११ रहनेछ भने मेहबुब आलमको कप्तानीमा लालीगुराँस क्रिकेट क्लब झापा रहेको छ। हिमालयन क्रिकेट एकेडेमी काठमाडौंको कप्तानमा सुरेन्द्र चन्द, महेन्द्रनगर क्रिकेट क्लबको कप्तान सुशील खड्का रहँदा मध्यपश्चिम क्रिकेट एकेडेमीको कप्तानी अजय साहनीले गरेका छन्।

 

एकेडेमीका संयोजक रेशम शाहीले प्रतियोगिता हेर्न आउने दर्शकका लागि मोटरसाइकल, एलइडी टेलिभिजनलगायत विभिन्न पुरस्कारको व्यवस्था गरिएको बताए। उनका अनुसार ‘केपिएल–टू’ को मुख्य प्रायोजकका रुपमा वाइवाई चाउचाउ रहेको छ। कर्णाली प्रिमियर लिग दोस्रो संस्करण वीरेन्द्रनगरस्थित कालुञ्चौक क्रिकेट मैदानमा वैशाख २१ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah