काठमाडौँ । सामान्यतया हामी शरिरमा भएको केही परिवर्तनको महसुस गरेपनि यसले कस्तो असर पुर्याउँछ भन्नेमा हामी अनविज्ञ हुन्छौँ । त्यसकारण आज हामी तपाईहरुलाई शरिरमा देखिने निम्न लक्षणको बारेमा बताउन गइरहेका छौँ । भिटामिनको कमीलाई देखाउने लक्षणहरु

१.मुखको कुनामा चर्किएको देखिनु : यस्तो समस्या बेला बेला आइरहन्छ । यदि मुखको कुनामा रातो रातो चिरा परेको छ भने यी कुरालाई संकेत गर्छ ।
१.भिटामिन बि को कमी
२.भिटामिन बी ३ , बी २ ,बी १२ र जिंक तत्वको कमी
३.पेटको समस्या
४.रक्तअल्पता आइरनको कमीको कारणले हुने
५.मधुमेह
६.कमजोर प्रतिरक्षा प्रणाली
७.पछाडिको दाँत गुमाउनु
८.मुखको सरसफाईमा कमी
यस्ता समस्यालाई घरेलु उपायबाट उपचार गर्न सकिन्छ । त्यसको लागि टोफु , पनीर, बन्दाकोपी , ब्रोकौली , खुर्पानी , कुरिलो , बदाम आदिको प्रयोग गर्नुपर्छ ।
२.अनुहारमा रातो दाग देखिनु वा कपाल झर्नु : यदि तपाईको अनुहारमा रातो दाना आएको छ भने यसलाई भिटामिन बि को कमी भएको सम्झनुहोस् । यसको अन्य धेरै कारणहरु रहेका छन् जसले गर्दा चिसो , सोरियासिस , ल्युपस , अनुहारको छालामा जलन हुने जस्ता समस्याहरु आउँछ ।
त्यस्तै कपाल झर्ने थाइरोड ग्रन्थीको समस्या गर्भनिरोधि गोली मधुमेह वा वंशाणुगत गुणको कारण पनि यस्ता समस्याहरु आउँछन् । यस्ता समस्याबाट छुटकारा पाउनको लागि बाख्राको दुध , बदाम , गोलभेडा , गाजर , दहि , हाडे बदाम , च्याउ, दुध , केरा , प्याज जस्ता खानेकुराको सेवन गर्नुपर्छ ।
३.रातो वा सेतो खटिराहरु देखिनु : यदि गाला, नितम्ब पाखुरामा रातो वा सेतो खटिरा जस्तो देखिएको छ भने यसले शरिरमा हर्मोन असन्तुलन, भिटामिन ए र डि को कमी भएको जनाउँछ । यस्तो समस्याको समाधान गर्न बोसो, हरियो सागसब्जी मरिच, गाजर र दूधबाट बनेका उत्पादिन परिकार सेवन गर्न सकिन्छ ।
४.हात , खुट्टा र शरीरको अन्य भाग नचल्नु र जलनको अनुभुती : भिटामिन बी ९ , बी ६ , र बी १२ को कमी भएको कारण प्राय धेरै मानिसमा हातखुट्टा नचल्ने समस्या आउँछ । यस्तो समस्या थकाई, रक्तअल्पता, निराशाको कारण हुने गर्छ । त्यसकारण चुकन्दर , बोडि , दुधबाट उत्पादित खाद्यपदार्थ , कुरिलो , पालुङ्गोको जस्ता खानेकुराको सेवन गरेमा यस्ता समस्याबाट छुट्कारा पाउन सकिन्छ ।



