मदिरा पिउनेहरुलाई लामखुट्टेले बढी टोक्ने एक अध्ययनले देखाएको छ । अमेरिकाको जर्नल अफ मस्किवटो कन्ट्रोल एसोसिएशनको रिपोर्टका अनुसार रक्सी नपिउनेहरुभन्दा पिउनेहरुलाई लामखुट्टेले बढी टोक्छन् । यद्यपि रक्सी पिउनेहरुप्रति नै लामखुट्टे बढी आकर्षित किन हुन्छन् भन्ने चाहिँ खुलेको छैन ।

लामखुट्टेले रक्सी कसरी पत्ता लगाउँछन् ?

लामखुट्टेले मानिसहरुको पहिचान दुई केमिकलबाट गर्दछन् । पहिलो, कार्बनडाइ अक्साइड हो, जुन हामीले सास फेर्ने बेला बाहिर निस्किन्छ । दोस्रो, अक्टानोल हो । अक्टानोललाई मशरुम अल्कोहल पनि भनिन्छ । मशरुम अर्थात च्याउको स्वाद यही केमिकलबाट आउँछ । यो केमिकल हाम्रो शरीमा एल्कोहल अर्थात् रक्सी पिउँदा बन्दछ ।

अब अर्को प्रश्न आउँछ- रक्सी पिएका व्यक्तिको रगत पिउँदा लामखुट्टेलाई नशा लाग्छ कि लाग्दैन ?

लाखौं वर्षदेखि लामखुट्टेले मानिसहरुको रगत पिउँदै आएका छन् । तर, रक्सी पिएका व्यक्तिको रगत पिउँदा लामखुट्टेलाई नशा लाग्छ कि लाग्दैन भन्ने कुराको अनुसन्धान भने एकदमै थोरै भएको छ ।

लामखुट्टेबारे अमेरिकी जानकार तान्या डेप्कीले फलाडेल्पिmयाको पेन्सेल्भेनिया विश्वविद्यालयमा पढाउँछिन् । उनी भन्छिन्, ‘मलाई लाग्दैन कि पियक्कडको रगत पिउँदा लामखुट्टेलाई पनि नशा लाग्छ । किनभने रगतमा अल्कोहलको मात्रा नशा लाग्ने जति हुँदैन ।’

तपाईंलाई अचम्म लाग्न सक्छ, किरा फट्याङ्ग्राहरुमा रक्सीको नशा सजिलै पचाउन सक्ने यति धेरै क्षमता हुन्छ कि उनीहरुलाई सितिमिति नशा लाग्दैन ।

लामखुट्टेले रक्सी कसरी पचाउँछन् ?

अमेरिकाको नर्थ क्यारोलिना स्टेट युनिभर्सिटीका कोबी स्केलका अनुसार कसैले १० पेग रक्सी पियो भने उसको रगतमा अल्कोहलको मात्रा ०.२ प्रतिशत हुन्छ । तर यदि कुनै लामखुट्टेले त्यो व्यक्तिको रगत पियो भने उसमा रक्सीको निकै कम असर हुन्छ । यसबाट लामखुट्टेलाई असर पर्दैन ।

लामखुट्टेको पाचन शक्ति पनि सशक्त हुन्छ । रगत बाहेक अरु कुनै चिज उनीहरुको पेटमा पुगेमा अलग्गै ठाउँमा जम्मा हुन्छ । त्यहाँ इन्जाइमहरुले पचाइदिन्छन् । अर्थात् लामखुट्टेको शरीरमा रक्सीको पर्‍यो भने पनि उसका इन्जाइमहरुले नयाँ केमिकलमा बदलिदिन्छन् । जसका कारण दिमागमा असर पर्दैन ।

लण्डनको नचुरल हिस्ट्री म्युजियमको रेखदेख गर्दै आएकी एरिका म्याकएलिस्टर भन्छिन्- हानी गर्ने धेरैजसो केमिकललाई आफ्नो खानाबाट अलग गर्ने क्षमता अधिकांस किराफट्याङ्ग्राहरुमा हुन्छ । उनीहरुले बिस्तारै बिस्तारै शरीरबाट बाहिर निस्कासन गर्दछन् । उनीहरुले रक्सीदेखि हानीकारक ब्याक्टेरियासम्म पचाइदिन्छन् ।

एरिकले किराफट्याङ्ग्राको बारेमा एक किताब, ‘द सेक्रेट लाइफ अफ फ्लाइज’, पनि लेखेकी छन् । उनी भन्छिन्- आम रुपमा पाइने झिंगा, माहुरीहरुमा असाधारण पाचन शक्ति हुन्छ । उनीहरु सडेगलेका फलबाट रस चुस्छन् जबकी सड्ने क्रममा फलहरुमा अल्कोहल बन्दछ ।

एरिका भन्छिन्, ‘लामखुट्टेलाई नशा लाग्छ भन्ने कुरा त थाहा छैन तर झिंगा, माहुरीहरु अक्सर एल्कोहलको शिकार हुन्छन् । यसक्रममा उनीहरुको चालढाल बदलिन्छ । उनीहरु मस्ति गर्न थाल्छन् । आफ्ना साथीहरु रोज्न कठिन संघर्ष गर्दैनन् । ज्यादा अल्कोहल पिएपछि उनीहरुले होस नै गुमाउँछन् ।’

लामखुट्टेले पनि सडेगलेका फल चुस्न मन पराउँछन् । पोथी लामखुट्टेले मात्र रगत चुस्छन् । किनभने अन्डा पार्नलाई चाहिने प्रोटिन उनीहरुले रगतबाट पाउँछन् । यसैगरी शक्ति प्राप्त गर्न भालेपोथी दुवैले फल र फूल चुस्छन् ।

तान्या डेप्की भन्छिन्, ‘रक्सी पिउने व्यक्तिलाई नै लामखुट्टेले मन पराउनुको कारण भने अचम्म लाग्दो छ ।’

जीनको कारण पनि आकर्षित हुन्छन् लामखुट्टे

मानिसहरुको जीनको कारण पनि लामखुट्टे आकर्षिक हुन्छन् । विश्वको जनसंख्याको पाचौं हिस्साको जीनमा यस्तो चिज हुन्छ, जसबाट लामखुट्टे मानिसहरुप्रति आकर्षित हुन्छन् ।

त्यसमध्ये एक कारण हो ‘ओ ब्लड ग्रुप’ । अन्यको तुलनामा ‘ओ’ रगत समूह भएका व्यक्तिलाई लामखुट्टेले टोक्ने आशंका दुई गुणा बढी हुन्छ ।

शरीरको तापक्रम बढी भएका कारण पनि लामखुट्टे मानिसहरुप्रति आकर्षित हुन्छन् । गर्भवती महिलालाई पनि लामखुट्टेले बढी टोक्छन् । जुन व्यक्तिले गहिरो स्वास छाड्छ त्यसलाई पनि लामखुट्टेले बढी टोक्छ । किनभने उसले कार्बनडाइअक्साइड ग्यास छोड्छ र यसबाट मानिस भएको पत्तो पाउँछ लामखुट्टेले ।

लामखुट्टेका अलग अलग प्रजातिले शरीरको अलग अलग हिस्सामा टोक्छन् । कुनैले खुट्टामा, कुनैले पन्जामा, कुनैले गर्धनमा टोक्छन् । कुनैले चाहिँ अनुहारमा पनि टोक्छन् । शायद उनीहरुले मानिसको नाक र मुखबाट निस्कने कार्बनडाइअक्साइड सुँघ्दै त्यहाँ पुगेका हुनसक्छन् ।

तान्या भन्छिन्, ‘म कोस्टारिका गएको बेला लामखुट्टेले मेरो पैतालामा टोके । यो कसरी सम्भव भयो ?’

रक्सीबाट निस्किने एथेनोलले पनि यसैगरी लामखुट्टेलाई मानिसतर्फ आकर्षित गर्दछ । जब हामी रक्सी पिउँछौं, हाम्रो पसिनासँगै थोरै मात्रामा एथेनोल पनि निस्किन्छ । लामखुट्टे यसको गन्धबाट मानिसहरुसम्म पुग्छ ।

सन् २०१० मा बुर्किना फासोमा गरिएको एक अध्ययनबाट रक्सी वा बियर पिएपछि लामखुट्टेले बढी टोक्ने गरेको निष्कर्ष निस्किएको थियो ।

तान्या भन्छिन्, ‘यदि तपाईं भोकै भौंतारिरहनु भएको छ भने तपाईंको कदम पनि आफसेआफ त्यही दिशातिर लम्किन्छ जताबाट खानाको बास्ना आइरहेको छ । यसैगरी एथेनोलबाट पनि लामखुट्टेले संकेत पाउँछ कि आसपास उसको भोजन छ ।’

लामखुट्टेको टोकाइबाट बच्न लागि के गर्ने ?

गर्मी बढने क्रम सँगै लामखुट्टे पनि बढीरहेका छन् । लामखुट्टेको टोकाईले निरन्तर चिलाउने समस्या मात्र होइन यसले मलेरिया, इन्सेफलाइटिस र डेंगु जस्ता महामारी रोगहरु फैलाउने चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकहरुका अनुसार रातमा लामखुट्टेको देख्ने क्षमतामा अत्याधिक वृद्धि हुन्छ । अझ भूकम्पका त्रासले चौर, सडक छेउ तथा घरको बरन्डामा सुत्नेहरुलाई लामखुट्टेले हैरानै पारेको छ ।

लामखुट्टेको टोकाइबाट बच्न लागि के गर्ने ?

१.सामान्यतया लामखुट्टे पानी जम्ने खाल्डाखुल्डी भए बढी मात्रामा फैलिन्छ। यस्तोमा लामखुट्टेले अण्डा पर्ने र बच्चा हुर्काउने भएका कारण यस्ता खाल्डाखुल्डीहरु पुर्नुपर्छ।

२. सयपत्री, तुलसी, पुदिना, लेमन ग्रास, लसुन, ब्रम्हबुटी आदी प्राकृतिक रुपमा लामखुट्टे भगाउने विरुवाहरु हुन् । यसमा भएको वासनाले लामखुट्टे भाग्ने हुनाले घरको छेउछाउ वा गमला मै भएपनि यस्ता विरुवाहरु रोप्नु राम्रो हुन्छ।

३. त्यस्तै लामखुट्टे फोहोरमा बढी फैलने हुँदा सकेसम्म आफ्नो घरआँगन सफा राख्ने। त्यस्तै कुनाकाप्चा तथा र अँध्यारो ठाउँमा लामखुट्टे बस्ने हुनाले यस्तो ठाउँ सफा र खुला राख्नु पर्छ।

४.गर्मी याममा लामखुट्टेबाट जोगिन घर वरिपरिको सरफाइमा ध्यान दिनुपर्छ । फोहोर तथा पानी जम्ने खाल्डा भए त्यहीबाट मच्छड फैलने डर हुन्छ ।

५. नरिवल तथा नीमको तेलको मिश्रण बनाएर त्यसको दियो बाल्नुपर्छ । यसबाट पनि लामखुट्टेको समस्याबाट मुक्त हुन सकिन्छ ।

६.लामखुट्टेको टोकाईबाट बच्न भटामास, तोरी, नीम आदिको तेल शरीरको खुल्ला भागमा लगाउनाले र लसुनको खानाले पनि सहयोग पुर्‍याउँछ ।

७..यस बाहेक झुल लगाउने, हलुका रंगका पुरा बाहुला भएका कपडाहरु लगाउने, साँझमा झ्याल ढोका लगाउने भनेको थाहा भएको कुराहरु हुन् ।

कस्ता व्यक्तिलाई लामखुट्टेले धेरै टोक्छ ?

१. ओ (o) ब्लड ग्रुप भएको मानिसप्रति बढी आकर्षित हुन्छन् । चाखलाग्दो कुरा त, हाम्रो शरीरबाट हरेक ब्लड ग्रुरुप को छुट्टाछुटै तरंग निकाल्ने गर्दछ ।

२. कार्बोनडाईअक्साइड बढी निकाल्ने व्यक्तिप्रति लामखुट्टे बढी आकर्षित हुन्छन् । बढी मात्रामा बयस्क तथा गर्भवती महिलाबाट कार्बोनडाईअक्साइड निक्लने भएकोले बच्चाहरु भन्दा ती वर्गका मानिसहरुलाई बढी लामखुट्टेले टोक्ने गर्दछ ।

३. बढी पसिना निकल्ने वा निकाल्ने व्यक्तिलाई लामखुट्टे बढी टोक्ने गर्छ । ल्याक्टित एसिड, युरिक एसिड, एमोनिया जस्ता रसायनहरु पसिनामा हुने भएकोले लामखुट्टे बढी आकर्षित हुने गरेको हो ।

४. छालामा कोलेस्ट्रोल बढी भएमा लामखुट्टेले बढी टोक्ने गर्छ । छालामा कोलेस्ट्रोल हुने भन्नाले शरीरमा बढी भएर भएको नभई शरीरले बढी कोलेस्ट्रोल प्रोसेसिङ्ग गर्दा छालामा रहन गएको हो ।

५. जाँडरक्सी खाने मानिसमा पनि लामखुट्टे आकर्षित हुने गरेको छ ।

लामखुट्टेबारे आरु जानकारी

पोथी लामखुट्टेले टोक्छन्

हामीमध्ये धेरैलाई थाहा होला, पोथी लामखुट्टेले मात्र टोक्ने गर्दछन् । भाले लामखुट्टे शाकाहारी हुन्छन् र बोट बिरुवाको रस चुसेर बाँचिरहेका हुन्छन् । पोथी लामखुट्टेलाई मानव रगतको आवश्यकता लार्भा उत्पादनका लागि आवश्यक पर्दछ ।

उमेर र लिङ्ग

महिलाको तुलनामा पुरुष र बच्चाको तुलनामा वयस्कलाई लामखुट्टेले धेरै टोक्ने अनुसन्धानबाट पत्ता लागेको छ ।

पसिना

धेरै पसिनाले लामखुट्टलाई आकर्षित गर्दछ । एउटा लामखुट्टेलाई आवश्यक पर्ने सबैकुरा यसमा पाइन्छन् । (यूनिभर्सिटी अफ फ्लोरिडा)

शरिरको तापक्रम

लामखुट्टे शरिरको तापक्रम मार्फत पनि आफ्नो शिकारको खोजी गर्दछ । मानिसको शरिरको तापक्रम लामखुट्टेका लागि आइडियल हुने गर्दछ ।

रङ

थुप्रै अनुसन्धानले कालो, निलो, रातो जस्तो गाढा रङको कपडामा लामखुट्टे आकर्षित हुने बताएको छ ।

बास्ना

बास्नाले पनि लामखुट्टेलाई आकर्षित गर्दछ । यदि तपाईंले परफ्युम र डियो लगाउनुभएको छ भने तपाईंलाई लामखुट्टेले टोक्ने सम्भावना धेरै छ ।

मोटोपन

मोटो मान्छेहरुले धेरै तापक्रम र कार्बनडाइअक्साइड पैदा गर्ने गर्दछन् । उनीहरुको बडी मास धेरै हुन्छ यसकारण उनीहरुलाई लामखुट्टेले धेरै टोक्छ ।

शरीरको गन्ध

लामखुट्टेले शरीरको गन्धमार्फत पनि मानिस भएको ठाउँ थाहा पाउँछ । जति कडा गन्ध हुन्छ लामखुट्टेले टोक्ने सम्भावना त्यति धेरै हुन्छ ।

रोप्नुहोस् यी ७ बिरुवा, लामखुट्टे भाग्छन्

१. तुलसी

यो बिरुवाले दिन–रात अक्सिजन दिन्छ भने प्रदुषण नियन्त्रण गर्छ । ब्याक्टेरियलाई मार्छ र नकारात्मक शक्तिलाई पनि नष्ट पार्छ । तुलसीको पातलाई उमालेर खाएमा सर्दी, ज्वरो निको हुन्छ । त्यस्तै पातको रस छाला सम्बन्धी रोग र मुख गन्हाउँने समस्याबाट टाढा राख्छ ।

२. घ्युकुमारी

यसले हावालाई सफा राख्नका साथै यसमा केही भिटामिन, मिनरल्स, अमिनो एसिड्स र फाइबर पनि हुन्छन् । जलेको ठाउँमा, कपाल र छालामा यसको जेल लगाउँनु फाइदा जनक रहन्छ । यसको जुस पेटको लागि राम्रो हुन्छ ।

३. सयपत्री

हावामा रहेको प्रदुषण कम गर्छ । फूल र पात एन्टिबायोटिक गुणले भरिएको हुन्छ । यसले लामखुट्टेबाट टाढा राख्छ । चोट लाग्यो वा छालामा समस्या आएमा यसको फूलको रस फाइदाजनक हुन्छ । पातको उमालेको रसले मुख कुल्ला गरेमा दाँत दुखाईबाट आराम मिल्छ ।

४. करी पात

हावालाई सफा राख्छ, खानाको स्वाद बढाउँछ र यसको पातले कपाललाई बलियो राख्छ र रगतलाई सफला राख्छ । पाचनक्रिया ठिक हुन्छ, मोटोपन कम गर्छ, मधुमेहलाई नियन्त्रणमा राख्छ र जलेको वा कुनै प्रकारको घाउलाई पनि फाइदा गर्छ ।

५. चमेली

यसले पनि हावालाई प्रदुषणरहित बनाउँन मद्दत गर्छ । मुखमा घाउ, पेटमा जुका परेमा यसको पात चपाउँनु फाइदामय हुन्छ । छाला सम्बन्धि रोग र टाउँको दुखाईमा यसको फूलको लेप लगाउँनाले राहत मिल्छ ।

६. अनार

यसको रुखले प्रदुषण नियन्त्रण गर्छ । यसमा भिटामिन ए, सी र ई र फोर्लिक एसिडको साथ एन्टी ब्याक्टेरियल र एन्टी भायरल गुण पनि हुन्छ । यसको रसमा एन्टी एजिंग र एन्टी ओक्सिडेन्ट गुणहरुले भरमूर हुन्छ । यसले रगत बढाउँछ । छालालाई स्वास्थ्य राख्छ र मोटोपन कम गर्छ ।

७. ल्याभेन्डर(फूल)

यो फूलले घरको हावा शुद्ध राख्छ र वरपरको सुक्ष्म ब्याक्टेरिया र किरालाई पनि मारिदिन्छ । यो घरमा रोप्नाले लामखुट्टे टाढा रहन्छ । यस फूलको रस छाला रोगमा पनि फाइदा गर्छ । यसको बास्नाले टाउको दुखाई र माइग्रेन ठिक पार्छ र निन्द्रा लगाउँन सहयोगी भूमिका खेल्छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah