काठमाडौँ । विश्वमा सजीव वस्तुहरुसँग विहे गरेको सबैलाई थाहा होला । तर निर्जिव वस्तुहरुसँग विहे गरेको कुरा कसैलाई थाहा छैन् होला । तर एक जना व्यक्तिले केटी खोज्दा खोज्दा नपाएपनि अन्तत निर्जिव वस्तुसँग विवाह गरेका छन् । को हुन् ती व्यक्ति ?
उनी चिनको झेङ जियाजिया नाम गरेका इन्जिनियर हुन् । ३१ वर्षीय यी युवकले आफ्नो विवाहको लागी सुरुवातमा चारैतिर केटी खोजेका थिए । तर जति खोजेपनि मन पर्ने केटी नभेटेपछि उनले आफैले बनाएको रोबर्टसँग विवाह गरेका थिए । उनले रोबर्टलाई रातो स्कार्फ लगाएर दुलही झैं सजाएर पराम्परागत तरिकाले विवाह गरेका थिए ।
उक्त रोबर्टको नाम उनले ‘यीङयीङ’ राखेका छन् । यो रोबर्टले चिनियाँ अक्षर चिन्ने , फोटोहरु चिन्ने र अक्षर उच्चारण समेत गर्दछ । त्यसका साथै उनले रोबोटलाई हिँडडुल गर्न र घरायशी काम गर्न सक्ने गरी अपग्रेड गर्ने योजना बनाएका छन् । यो विवाह देखेर सबैजनाले अनौठो मानेका छन् । तर विज्ञहरुको अनुसार यो कुनै अनौठा कुरा नभएको ,आगामी दिनमा रोबोट र मानवबीच बिवाहको प्रचलन फैलिदै जाने दाबी गरेका छन् ।




