काठमाडौँ | केहि घरेलु उपायहरू, जसले हात र खुट्टा फुटेको निको हुन्छ
१. चिनीः
आधा गिलास चिनी एउटा भाँडामा राख्नुहोस् । त्यसमा चिनीको आधा भागजति मनतातो पानी अथवा ग्लिसिरिन अथवा नरीवलको तेल राखेर घोल्नुहोस् र बाक्लो लेदो बनाउनुहोस् ।
यस मिश्रणमा पुदिना पनि मिसाउन सक्नुहुन्छ । यस मिश्रणलाई क्यालस लागेको कुर्कुच्चा अथवा फुटेको छालामा दैनिक लगाउँदा छालालाई नरम बनाउनको साथै सफा पनि बनाउँदछ ।
२. बेकिङ्ग सोडाः
फुटेको कुर्कुच्चालाई निको पार्ने सबैभन्दा राम्रो उपाय भनेको ‘मनतातो पानीले भिजाउनु’ हो । यसले कडा छालाई नरम बनाई निको हुन मद्दत गर्दछ ।
साथै एक गिलास मनतातो पानीमा तीन चम्चा बेकिङ्ग सोडा मिसाएर कुर्कुच्चालाई त्यसमा डुबाउन सक्नुहुन्छ ।
३. भुइँकटहरः
भुइँकटहर तास्नेबित्तीकै त्यसको बोक्राले फुटेको छाला अथवा कुर्कुच्चालाई पूर्ण रूपमा ढाक्नुहोस् र नरम कपडाले बाँधिदिनुहोस् ।
केहि घण्टा पश्चात त्यसलाई परिवर्तन गर्नुहोस् र एक हप्तासम्म दैनिक यसो गर्नाले भुइँकटहरको बोक्रामा हुने इन्जाइम र एसिडले फुटेको ठाउँलाई निको बनाउँदछ ।स्वास्थको सहयोगमा



