काठमाडौं।धेरै जसो नेपाली ग्यास्ट्रिकको समस्याका कारण पीडित छन् । अस्वस्थ खानपान र खाली पेटका कारण ग्यास्ट्रिकको समस्या उत्पन्न हुन्छ । ग्यास्ट्रिक बाट मुक्ति पाउनका लागि केहीले अौंषधिहरु प्रयोग पनि गर्ने गरेका छन् । तर घरायसी उपचारले ग्यास्ट्रिक रोगमा फाइदा पुग्छ ।

ग्यास्ट्रिक भएकाले समय–समयमा खानेकुरा खाइरहनुपर्छ । लामो समयसम्म नखाँदा पेटमा हावा भरिएर समस्या हुन्छ

धूम्रपान, मद्यपान गर्नुहुँदैन । साथै, जंंकफुड सकभर खानुहुन्न ।बढी पिरो, अमिलो, बयमको अचार, मसलेदार खाना खानबाट सजग हुनुपर्छ ।

बिहान उठ्नेबितिकै दुई–तीनवटा लसुनका पोटी खानुपर्छ । जसले ग्यास्ट्रिकलाई फाइदा गर्नुका साथै उच्च रक्तचापको जोखिमसमेत कम गर्दछ ।

पेटमा धेरै ग्यास भएका वेला कागतीपानी पिउनु उपयुक्त हुन्छ ।
जसले ग्यास हटाउनुका साथै पेट फुल्नसमेत दिँदैन ।
दुखाइ कम गर्ने औषधि सकेसम्म प्रयोग नगर्ने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय